इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु
+
-

काठमाडौं- निर्वाचन आयोगले साेमबारदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ। आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो।

आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैं मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य थालिने जनाएको छ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि-रजिष्ट्रेशन प्रणालीमार्फत् आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यसरी आवेदन गर्ने व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लामा मतदाता नामावली संकलनको कार्य विगतमा जसरी नै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको उनले जानकारी दिए।

मतदाता नामावली अद्यावधिक कार्य सुरु भएसँगै नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडाभित्रको मतदानस्थललगायत विवरणमा रहेको त्रुटि सच्याउन सकिने आयोगले जनाएको छ।

मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउनका लागि निवेदन दिन र झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिनसमेत सकिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’