हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य

हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य
+
-

काठमाडौं- एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो।

नेपालको कसिलो फिल्डिङसामु हङकङका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन्। नेपालले हङकङविरुद्ध उत्कृष्ट फिल्डिङ गर्दै दुइ ब्याटरलाई सानदार रनआउट गरेको थियो।

हङकङका लागि अन्सु रथले ३४ रन बनाउनु सर्वाधिक रहँदा कप्तान निजाकत खानले १२ रन बनाए। उनीहरूबाहेक मार्टिन कोट्जेले ८ रन बनाउँदा बाबर हायात ६ तथा अजिज खान ७ रनमा आउट भए।

त्यस्तै, यशिम मुर्तजाले २ रन बनाउँदा नसरुल्लाह रानाले ६ रन बनाएर आउट भए। हङकङको राम्रो लयमा रहेका अन्सु रथ र निजाकथ खान डाइरेक्ट हिटको सिकार हुँदै रनआउट भएका थिए।

नेपालका लागि अभिनास बोहराले ३ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। करण केसीको नाममा एक विकेट रह्यो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’