मिडियाकर्मी बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड

मिडियाकर्मी बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड
+
-

मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।

अमेरिकाको लसएन्जल्समा आयोजित अठारौँ  युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको समारोहमा बस्नेतलाई गैरनाफामुखी संस्थाको रूपमा इन्टरनेशनल रूपमा काम गरिरहेको ‘युथ्स युनेस्को क्लब, अमेरिका, अमेरिकन युनिभर्सिटी अफ सोभरेन नेसन्स्, अमेरिका, इयुबियोस् इथिक्स इन्स्टिच्यूट (न्यूजिल्यान्ड र जापान),  फिलिपिन्स एसोसिएसन अफ एसोसिएसन अफ एक्स्टेन्सन’लगायत संस्थाले संयुक्त रुपमा २०२४-२०२५ का लागि  युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको हो ।

‘मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं,´ अमेरिकी यूनिभर्सिटी सोभरेन नेशन युएसएका प्रेसिडेन्ट प्रो.डा. ड्यालरले भने, ‘आगामी दिनमा उनले अझै युवा र शान्तिका लागि योगदान गर्नेछन्।’

सन् २०११ बाट बिभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई हरेक बर्ष यो अवार्ड दिने गरिएको छ।  हाल सम्म ६५ देशका व्यक्तिहरुले यो उपाधि पाइसकेका छन्।

युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने, ‘संसारभरबाट बिभिन्न बिधामा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने सयौँबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौं ।

‘मिडियामा युवा र शान्ति’ बिधाबाट उनलाई छनोट गरिएको उनले बताए । रिपोर्टर हुदै मिडिया म्यानेजर बनेका बस्नेत बिगत १७ बर्षदेखि विभिन्न मिडियामा आबद्व छन्। हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल बिभागको प्रमुखको रूपमा कार्यरत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?