शैक्षिक संस्थाहरुमा अहस्तक्षेपको संकल्प घोषणा गर्न दलहरुलाई सरोकारवालाको आग्रह

शैक्षिक संस्थाहरुमा अहस्तक्षेपको संकल्प घोषणा गर्न दलहरुलाई सरोकारवालाको आग्रह
+
-

काठमाडौँ-मुलुकका शैक्षिक संस्थाहरुमा सार्वजनिक रुपमा अहस्तक्षेपको संकल्प घोषणा गर्न दलहरुलाई सरोकारवालाले आग्रह गरेका छन्।

शैक्षिक संघ संस्थामा सरोकार राख्ने ६० जना भन्दा धेरैको अनुरोधमा शिक्षाविद् केदारभक्त माथेमाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमार्फत दलहरुलाई शैक्षिक संस्थाहरुमा सार्वजनिक रुपमा हस्तक्षेप नगर्न आग्रह गरिएको हो।

विज्ञप्तिमा भनिएको छ,‘हाम्रो देशका विश्वविद्यालय, स्वाथ्य विज्ञान प्रतिष्ठान,तथा अध्ययन अनुसन्धानको लागि स्थापित उच्च स्तरका शैक्षिक,प्राज्ञिक संस्थाहरु बारम्बारको अनावश्यक राजनीतिक हस्तक्षेपबाट गम्भीर रुपमा आक्रान्त हुने गरेको तथ्य सर्वविदितै छ। त्यस्ता संस्थाको नेतृत्व चयन तथा शिक्षक र कर्मचारीहरुको नियुक्ति र पदोन्नतीमा योग्यता क्षमता भन्दा पनि राजनीतिक चलखेल र भनसुनको प्रभाव झन्–झन् निर्णायक हुन थालेको दुःखद अवस्था हाम्रो सामु छ।’

‘यस्ता अवाञ्छित क्रियाकलापको कारण हाम्रा उच्च शैक्षिक संस्थाहरु लामो समयदेखि दिशाहिन, अकर्मण्य र नैराश्यको स्थितीबाट गुज्रिन बाध्य छन्। यस किसिमको प्रत्युत्पादक परिस्थितीले निरन्तरता पाइरहेमा सीमित साधन र स्रोतको भरमा सञ्चालित शैक्षिक प्राज्ञिक संस्थाहरुबाट गुणस्तरीय शिक्षा र नविन ज्ञान उत्पादन गर्नु स्वभाविक र बस्तुसम्मत हुन सक्दैन।’ विज्ञप्तिमा उल्लेख छ।

यस्तो परिस्थितिको दुष्परिणामस्वरुप युवा–विद्यार्थीहरू बेरोजगार रहने वा विदेशतर्फ पलायन हुने मात्र नभइ सिंगो राष्ट्र र नेपाली जनताको भाग्य एवं भविष्य समेत अन्योल र थप संकटतर्फ धकेलिने निश्चितप्राय रहेको सरोकारवालाहरुको ठोकुवा छ।

‘समाजको बृहत्तर हितको लागि स्थापना हुने शैक्षिक तथा अन्य सार्वजनिक संस्थाहरू समाज र राज्यको हेरचाह एवं संरक्षणमा नै हुर्किने, मौलाउने र अपेक्षित भूमिका निर्वाह गर्न सक्षम हुनेहुन्। तर, लोकतान्त्रिक प्रणालीमा ’सरक्षण’को नाममा ती संस्थाको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि गरिने कुनै पनि प्रकारको अतिक्रमण स्वीकार्य हुनसक्दैन।’

विज्ञप्तिमा भनिएको छ,‘हाम्रा सार्वजनिक विश्वविद्यालय लगायत सबै प्राज्ञिक संस्थाहरूको संस्थागत स्वतन्त्रता एवं स्वायत्तताको प्रत्याभूति सुनिश्चित गर्नको लागि राजनैतिक दलहरूका साथै नेपाल सरकारबाट समेत आत्मसंयमको संकल्प जरूरी भएको छ।’

शैक्षिक–प्राज्ञिक संस्थाहरूको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ र अनावश्यक हस्तक्षेप नगर्ने संकल्प एवं प्रतिबद्धता विशेषत. राजनीतिक दल र तिनको नेतृत्वबाट स्पष्ट भाषामा सयुक्त रूपमा र यथासम्भव छिट्टै सार्वजनिक रूपमा उद्घोष गर्न र सो प्रतिबद्धताको पूर्ण पालना गर्न सरोकारवालाहरुले सम्बन्धित सबैमा आग्रह गरेका छन्।

विज्ञप्तिमा अनुरोधकर्ताहरुको तर्फबाट शिक्षाविद् माथेमाले हस्ताक्षर गरेका छन् भने अनुरोध कर्ताहरुमा प्रा कुसुम शाक्य, डा राजेन्द्र कोजु, डा राजेश गोंगल, डा. रमेशकान्त अधिकारी, डा सूर्यराज आचार्य, डा. तीर्थबहादुर श्रेष्ठ, प्रा. अभि सुवेदी, प्रा. आलोक बोहरा, प्रा कृष्ण खनाल छन्। यस्तै अन्य अनुरोधकर्ताहरुमा, प्रा मन वाग्ले, प्रा मीनबहादुर विष्ट, प्रा पराशर कोइराला, प्रा. पीताम्बर शर्मा, प्रा. राजेन्द्रध्वज जोशी, प्रा. राममनोहर श्रेष्ठ, चाँदनी जोशी छन्।

यस्तै केदार शर्मा, कुलचन्द्र गौतम, महेशकुमार उपाध्याय, नवीनजंग शाह, राजेश्वर आचार्य, रामेश्वर खनाल, संजीव उप्रेती, प्रा. विनय कुसियैत, प्रा सानुमैया जोशी सूर्यनाथ उपाध्याय, चैतन्य मिश्र, श्रीराम माथे, तोरण कार्की उक्त माग पुरा गरिदिन दलहरु र सम्बन्धितलाई आग्रह गरेका छन्।

प्रा जयराज अवस्थी, प्रा. सुशन आचार्य, विद्याधर मल्लिक, प्रा. कैलाशनाथ प्याकुर्‍याल, प्रा. मोहनप्रसाद लोहनी, भोजराज पोखरेल, प्रा कमलकृष्ण जोशी, प्रा. लोकराज बराल,विनोद सिजापति, प्रा कपिल श्रेष्ठ, प्रा विद्यानाथ कोइराला, विष्णु सापकोटा, राजेन्द्र दाहाल प्रा. केशरजंग बराल, प्रा खगेन्द्र भट्टराई, सीके लाल र हरि शर्मा पनि अनुरोधकर्ता रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?