सिमकोट – प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ आफूले अध्ययन गरेको विद्यालयमा पुगेका छन्। उनी ०२३ सालमा सानैमा हुम्ला आएका बेला तत्कालीन मानसरोवर माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए।
हुम्ला जिल्ला अदालतको निरीक्षणका लागि उनी शनिबार हुम्ला आएका हुन्। ०२३ सालमा हुम्ला जिल्ला अदालतमा प्रधानन्यायाधीश श्रेष्ठका बुवा जिल्ला न्यायाधीश थिए। बुवासग हुम्ला आएको समयमा उनले कक्षा तीनमा एक वर्ष उक्त विद्यालयमा अध्ययन गरेका थिए। अदालतको निरीक्षण सकेर सिधै उनी आफूले ५७ वर्ष अगाडि अध्ययन गरेको विद्यालयमा गएका थिए।
हाल सो विद्यालयमा मानसरोवर बहुमुखी क्याम्पस सञ्चालन हुदै आएको छ। उक्त विद्यालय भने माथिल्लो बजार क्षेत्रमा सरि सकेको छ। विद्यालयको प्राङ्गणमा उभिएर उतिबेलाको याद गर्दै प्रधानन्यायाधी श्रेष्ठले आफ्ना सहपाठीलाई समेत सम्झोका थिए। हुम्ला वसेको कुरा बेला बेला सम्झनामा आई रहने बताउदै उनले अहिलेको जस्तो हवाई यातायात नभएको र आफू बुवासंग २६ दिन लगाएर पैदल हिडेर सिमकोट आई पुगेको बताए। अहिले धेरै परिबर्तन भएको देख्दा खुसी लागेको उनले बताए