आन्दोलनमा ज्यान गुमाएका डाँगीलाई सहिद घोषणा गर्न सरकारसँग राप्रपाको माग

आन्दोलनमा ज्यान गुमाएका डाँगीलाई सहिद घोषणा गर्न सरकारसँग राप्रपाको माग
+
-

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) काठमाडौंमा गरेको आन्दोलनमा घाइते भई उपचारको क्रममा ज्यान गुमाएका बर्दियाका ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्न माग गरेको छ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको काठमाडौस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान चार बजे मृत्यु भएको थियो।

डाँगीको शवलाई श्रद्धान्जली दिन राप्रपाले धुम्बाराहिस्थित पार्टी केन्द्रीय कार्यलयमा सोमबार आयोजना गरेको सभामा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले डाँगीलाई सहित घोषणा गर्न माग गरेका हुन्।

साथै उनले गृहमन्त्री रवि लामिछानेको राजिनामाको माग पनि दोहोर्‍याएका छन्। डाँगीको शवलाई उनको गृहजिल्ला बर्दिया लगेर मंगलबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए। प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा धेरै समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’