पर्सा राष्ट्रिय निकुञ्जले भन्योः घाउ, चोटपटक र बढी उमेर भएकाले खोरमा तीन वटा बाघ मरे

पर्सा राष्ट्रिय निकुञ्जले भन्योः घाउ, चोटपटक र बढी उमेर भएकाले खोरमा तीन वटा बाघ मरे
+
-

वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा बाघ मरेको घटनाको विषयमा कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ।
निकुञ्जको कार्यालय आधाभारले निकुञ्जमा तीन वटा बाघ मरेको विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै बाघको मृत्यु भएको बारे प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

विगत ६ महिनमा उद्धार गरेर निकुञ्जको कार्यालयमा रहेको खोरमा राखिएको तीन वटा बाघ मरेकोमा सबै बाघको उमेर बढी भएको तथा शरीरमा घाउ चोटपटक भएकाले मृत्यु भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए।

गत वर्ष भदौ १६ गते पर्साको ठोरी गाउँपालिका–५ आठघरेबाट १२ वर्षको बाघलाई नियन्त्रणमा लिइएको थियो। उक्त बाघले एक जनाको ज्यान लिएको तथा गोरुलाई पनि मारेको थियो।

पातलो दुब्लो शरीर, घाँटी र पञ्जामा चोट रहेको उक्त बाघको असोज २५ गते निकुञ्जको खोरमा मृत्यु भएको थियो। यस्तै, गत वर्ष असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रबाट नियन्त्रणमा लिइएको १० वर्ष उमेर भएको बाघको शरीरमा सामान्य चोटपटक रहेको तथा बढी उमेर भएकाले उक्त बाघको चैत १६ गते मृत्यु भएको सूचना अधिकारी भगतले जानकारी दिए।

त्यस्तै, १२ वटा बाख्रा र दुई वटा भैँसी मारेको बाघलाई ०७९ साल चैत २२ गते नियन्त्रणमा लिइएको बाघको अनुहारमा सात सेन्टिमिटरको गहिरो घाउ र उमेर बढी भएको तथा घाउ पनि भित्रबाट संक्रमण फैलिएर सोही कारण मृत्यु भएको भगतले बताए। पर्सा राष्ट्रिय निकुञ्जमा उचित स्याहार सुसार अभावमा पनि त्यहाँस्थित खोरमा राखिएको बाघको मृत्यु हुने गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’