रवि लामिछानेलाई जोगाएर सुप्रिम सहकारी डुबाउने २८ जनाविरुद्ध मुद्दा

रवि लामिछानेलाई जोगाएर सुप्रिम सहकारी डुबाउने २८ जनाविरुद्ध मुद्दा
+
-

काठमाडौँ – बुटवलको सुप्रिम बचत था ऋण सहकारी संस्थाको बचत हिनामिना गर्ने २८ जनाविरुद्ध जिल्ला अदादलत रुपन्देहीमा मुद्दा दर्ता भएको छ।

सहकारीको रकम हिनामिना गर्ने सबै जसोलाई प्रतिवादी बनाइए पनि रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई जोगाएर जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दर्ता गरेको हो।

सहकारी गठी मुद्दामा उक्त सहकारीबाट नियम विपरीत ऋण लिने सबैलाई प्रतिवादी बनाइए पनि लामिछानेले भने रकम मात्रै लिएको अयिभोग पत्रमा उल्लेख छ।

सहकारीका १८ सय ३१ जना बचत कर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै रुपन्देही जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। उनीबाट सहकारीले ८६ करोड १८ लाख २३ हजार ७५४ रकम बचतका रुपमा उठाएको पाइएको छ।

अभियोग पत्रमा लामिछानेले दुई करोड रुपैयाँ विना कागजात ऋण लिएको उल्लेख छ। उनले सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपैयाँ प्राप्त गरेको लेखिएको छ। अभियोगपत्रमा भनिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ।’

सरकारले जितेन्द्र बाबु (जिवी) राईलाई मुख्य प्रतिवादी बनाएको छ। सहकारीको अध्यक्ष समेत रहेका राइले अवैधानिक रुपमा सहकारीबाट आफ्ना विभिन्न कम्पनीमा रकम ल्याएको देखिएको छ। लामिछानेसमेत शेयर होल्डर रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा पनि राईले रकम ल्याएका छन्।

यस्तो छ अभियोगपत्र

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?