मौरीपालन व्यवसायमा रमाउँदै सार्की शाही

मौरीपालन व्यवसायमा रमाउँदै सार्की शाही
+
-

मुगु – कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिनाका सार्की शाही आफ्नो घरमुनिको बारीमा घरको छतमा र बनका ओडारमा मौरी पालन शुरू गरी दिनभर मौरीकै स्याहारमा रमाउँदै आएका छन्।

उनले यस मौरी पालन व्यवसाय शुरू गरेका १६ वर्ष पुगिसकेको छ। उनले भने “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेको हुँ। तर बाख्रा पालन केही बर्ष अगाडि छाडिसकेको र मौरी पालनमा मात्र खटिदै आएको शाही बताउनु हुन्छ। यस पेशामा उनकी श्रीमती दूधकेशा शाहीको को भरपुर साथ र सहयोग रहँदै आएको छ। अहिले शाहीको मौरी फर्ममा १ सय घार मध्ये ५० जति मौरी सहितका घार छन्। उनले ले धेरै दुख गरेर बाख्रा पालन गर्नुभन्दा मौरीपालन बाट राम्रो आम्दानी हुने भएकोले बाख्रा पालन व्यवसाय छाडेर सबै समय यश मौरीको स्याहारमै लगाउँदै आएको र मौरी पालन बाट धेरै दुःख नहुने र बर्षमा दुई पटक कार्तिक र जेठ महिनामा मह निकाल्न मिल्ने भएकाले बसी, बसी मनग्य आम्दानी हुने शाही बताउनु हुन्छ बर्षमा सय २५० देखि ३ सय केजी मह उत्पादन हुँदै आएको शाही बताउँछन्।

“परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम कतै नपाय पनि यस कर्ममा लाग्दा लाग्दै धेरै अनुभव बटुलेको शाही सुनाउँछन्। घरमा रोजगारी नभए र घर खर्च धान्न र बाल बच्चा पढाउन आर्थिक आएको कुनै बिकल्पन नभए पछि आफू बाध्य भएर व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले यसै पेसामा बानी समेत परिसके किसान शाही भन्छन्।

‘उत्पादन भएको मौरीको मह बिक्रीका लागि बजार धाउनु पर्दैन, नेपालकै ठुलो राराताल घुम्नका लागि आउने पर्यटकहरू लगायत कर्मचारी र स्थानिय हरू घरमै आएर खरिद गरेर लैजान्छन्”, किसान शाहीले भने, “६० बाख्रा समेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै समय खर्च हुनुका साधै हिउँ, मेग नभनी जङ्गल धाउनुपर्दा दुःख बढी हुने भएकाले केही समयअघि सबै बाख्रा बेचिसकेको शाही सुनाउँछन्। मौरीपालनमा चोखो आम्दानी छ,। बर्षको २ देखि ३ लाख मह बेचेर ३ वटा छोरा नेपागन्ज पढाएको र जेठो छोरा लोकसेवामा ३ पटक नाम निकाल्यो तर अन्तरर्वातामा फेल हुन्छ एकचोट सफल भैजाला शाहीको आस छ।

६ जनाको परिवार रहेका कृषक शाहीले यत्रो वर्षसम्म मौरी पालन व्यवसायमा लागे तर कतै बाट सहयोग नपाएको गुनासो छ। ू मलाई तालिमको जरूरत त छैन। आबश्यक आ‌ैजारको मात्र खाँचो छ आबश्यक आ‌ैजारको खाँचो रहेकाे उनी बताउँछन्। आधुनिक घारको लागि कतैबाट सहयोग नजुटे पछि परम्परागतगत काठबाट बनेका घारमा मौरी पालन गर्नु मेरो बाध्यता हो शतहीले बताए।

यस मौरी पालन व्यवसाय बाट उत्पादित मह प्रति माना रू १ हजार पाँच सयमा बिक्री हुँदा शाही दङ्ग परेका छन्। पछिल्लो समयमा फलफूल तथा तरकारी कृषकले खेतबारीका कीटनाशक आ‌ैषधि प्रयोग गर्दा मौरी धमाधम मर्न थालेकोले शाही सुनाउँछन्।

दैनिक रूपमा मौरी मर्दै जान थाले पछि यसलाई कसरी नियन्त्रण गर्ने होला शाही अन्योलमा छन्। कतै बाट चाहिने आबश्यक आ‌‌ैजारहरूका साथै आर्थिक अनुदान मिलेको खण्डमा यस मौरी पालन व्यवसाय लाई अँझै व्यवस्थित गर्दै लैजाने आफ्नो योजना भएको कृषक शाहीले बताए। हिमाली भेगमा मा पाईने मौरीको मह विभिन्न रोगको ओखती हुने भएकाले यस व्यवसायलाई व्यवस्थित गरी उत्पादन बढाउन युवालाई यस व्यवसायतर्फ आकर्षित गर्न सकेको खण्डमा बेरोजगार युवाहरूमा रोजगारीका अवसरहरू सृजना हुने र आर्थिक समृद्धि हुने देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?