
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले फेरी एकपटक कीर्तिमानी इनिङ खेलेको छ। जारी सिजनमै गत २७ मार्चमा मुम्मबई विरुद्ध २ सय ७७ रनको कीर्तिमानी स्कोर बनाएको हैदराबादले १९ दिन पछि आफ्नै कीर्तिमान भङ्ग गर्दै सर्वधिक रनको स्कोर बनाएको हो।
आइपिएल इतहासमै सर्वाधिक उच्च रनको आफ्नै कीर्तिमान भंग गर्ने क्रममा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध सोमबार २ सय ८७ रनको स्कोर बनाएको हो। निर्धारित २० ओभरमा कीर्तिमानी ब्याटिङ गर्दै ३ विकेट गुमाएर बैंगलोरलाई २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको हो।
साथै हैदराबादले एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान समेत भंग गर्यो। उसले बैंगलोर र दिल्लीले बनाएको २० छक्काको कीर्तिमान भंग गर्यो। गुजरात विरुद्ध बैंगलोरले २०१६ मा र दिल्ली डेरडेवियल्सले गुजरात विरुद्ध २०१७ मा एकै इनिङमा बनाएको २० छक्काको कीर्तिमान भंग गर्दै हैदराबादले बैंगलोर विरुद्ध एकै इनिङमा २२ छक्का प्रहार गर्यो।
हैदराबादको कीर्तिमानी इनिङमा पुर्याउने क्रममा ट्रेभिस हेडले ४१ बलमा १०२ रनको विष्फोटक शतक प्रहार गरे। त्यस्तै हेनरीच क्लासेनले ३१ बलमा ६७ रन बनाउँदा अभिषेक शर्माले ३४ रन तथा एइडन माक्रमले ३२ रन बनाए। त्यस्तै अब्दुल समादले १० बलमा ३७ रन बनाएका थिए।