५ सय ४९ रन बनेको खेलमा हैदराबादसँग बैंगलोर २५ रनले पराजित

५ सय ४९ रन बनेको खेलमा हैदराबादसँग बैंगलोर २५ रनले पराजित
+
-

इन्डियन प्रिमियर लिग इतिहासकै सर्वाधिक हाइस्कोरिङ खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ। बैंगलोरको चिन्नास्वामि मैदानमा भएको रोमाञ्चक खेलमा कीर्तिमानी स्कोर बनाएको सनराइजर्स हैदराबादले छैटौं खेलमा चौंथो जित निकालेको हो।

दुई टिमको गरी कुल ५ सय ४९ रन बनेको खेलमा हैदराबादले २५ रनको जित हासिल गर्न सफल भयो। टी-२० इतिहासमा यो एकै खेलमा बनेको सर्वाधिक रनको कीर्तिमान हो। यसअघि यहि आइपिएलमा हैदराबाद र मुम्मबई बिच गत २७ मार्चमा भएको खेलमा कुल ५ सय २३ रन बनेको थियो।

सोमबार राति भएको खेलमा हैदराबादले आइपिएल इतिहासकै उच्च २ सय ८८ रनको लक्ष्य रोयल च्यालेन्जर्स बैंगलोर समक्ष प्रस्तुत गरेको थियो। जवाफमा बैंगलोर २ सय ६२ रन बनाउन सफल भयो। लक्ष्य पछ्याउने क्रममा कुनैपनि टिमले बनाएको यो सर्वाधिक उच्च स्कोर हो।

हैदराबादले १९ दिन अघि मुम्मबई विरुद्ध २ सय ७७ रनको कीर्तिमानी स्कोर बनाएको थियो। जुन कीर्तिमान आफै भङ्ग गर्दै सर्वधिक रनको स्कोर बनायो। हैदराबादले निर्धारित २० ओभरमा कीर्तिमानी ब्याटिङ गर्दै ३ विकेट गुमाएर बैंगलोरलाई २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा बैंगलोर दिनेश कार्थीकको ३५ बलमा ८३ रनको विष्फोटक इनिङ तथा फाफ डुप्लेसिसको ६२ रनको मद्दतमा कीर्तिमानी स्कोर छेउ पुगेपनि हार टार्न भने सकेन्। उसका लागि थप दोहोरो स्कोरका रुपमा विराट कोहलीले २० बलमा ४२ रन तथा महिपाल लोमरोरले १९ र अनुज रावतले २५ रन बनाएका थिए। बैंगलोरको मोमेन्टम तोड्न प्याट कमिन्सको भुमिका महत्वपूर्ण रह्यो। उनले ३ विकेट हात पारे। त्यस्तै मंयक मार्कन्डेले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान समेत भंग गर्दै आइपिएल इतिहासकै उच्च रन बनायो। उसले बैंगलोर र दिल्लीले बनाएको २० छक्काको कीर्तिमान भंग गर्यो। गुजरात विरुद्ध बैंगलोरले २०१६ मा  र दिल्ली डेरडेवियल्सले गुजरात विरुद्ध २०१७ मा एकै इनिङमा बनाएको २० छक्काको कीर्तिमान भंग गर्दै हैदराबादले बैंगलोर विरुद्ध एकै इनिङमा २२ छक्का प्रहार गर्‍यो।

हैदराबादको कीर्तिमानी इनिङमा पुर्‍याउने क्रममा ट्रेभिस हेडले ४१ बलमा १०२ रनको विष्फोटक शतक प्रहार गरे। त्यस्तै हेनरीच क्लासेनले ३१ बलमा ६७ रन बनाउँदा  अभिषेक शर्माले ३४ रन तथा एइडन माक्रमले ३२ रन बनाए। त्यस्तै अब्दुल समादले १० बलमा ३७ रन बनाएका थिए। जितसँगै हैदराबाद चौंथो स्थानमा उक्लियो। पराजित बैंगलोर ७ खेलमा ६ हारसहित अङ्क तालिकाको पुछारमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?