चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
+
-

ढोरपाटन- चैतेदसैंको अवसरमा आज बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो।

हरेक वर्ष बागलुङमा चैतेदसैंलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैंका दिन हजारौं दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ। मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन्। बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैंमा हजारौं भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताए। नवरात्र सुरु भएदेखि नै दैनिक हजारौं भक्तजन आएका उनले बताए।

मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ। चैतेदसैंका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ। मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन- स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैं मेला आयोजना गरिएको हो।

चैतेदसैंका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, द्वितीयलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ। दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ।

तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगितामा द्वितीय हुनेले रु एक लाख ५० हजार र तृतीय हुनेले रु एक लाख पाउनेछन्।

-रासस। 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’