बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई संदिग्ध पक्राउ परेका छन्।
समाचार एजेन्सी पिटिआईका अनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो।
आइतबार सलमान खानको घरबाहिर गोली चलेपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो।
मुम्बई पुलिसलाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले अपराध शाखाको टोलीले दुवैजनालाई गुजरातको भुजबाट पक्राउ गरेको जनाएकाे छ।
भुज पुलिसले जारी गरेकाे प्रेस विज्ञप्तिमा पक्राउ पर्ने दुवैजना लरेन्स बिश्नोई गिरोहका रहेका छन्।
विक्की गुप्ता र सागर पाल पक्राउ परेका हुन्।
The two accused arrested in connection with the firing incident outside the residence of actor Salman Khan on April 14th have been identified as Vicky Gupta and Sagar Pal. pic.twitter.com/toIxqojhIo
— ANI (@ANI) April 16, 2024

भर्खरै
लोकप्रिय






































































































































































































