स्थापना दिवसमा नेविसंघले खटायो सबै स्थानीय तहमा प्रतिनिधि

स्थापना दिवसमा नेविसंघले खटायो सबै स्थानीय तहमा प्रतिनिधि
+
-

काठमाडौँ-नेपाल विद्यार्थी संघ (नेविसंघ), केन्द्रीय समितिले आफ्नो ५५ औँ स्थापना दिवसको अवसर पारेर ७५३ स्थानीय पालिकामा प्रतिनिधि खटाएको छ।

नेविसंघको स्थापना दिवश बैशाख ६ गते ७ सय ५३ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययन गरि प्रतिवेदन तयार पारी सम्बन्धित स्थानीय तहको प्रमुखलाई बुझाउने तयारी रहेको नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए।

स्थानीय तहका विद्यालयको अध्ययन रिपोर्ट केन्द्रमा पनि बुझाउने नेविसंघले तयारी गरेको छ। केन्द्रीय सदस्य, स्वतन्त्र विद्यार्थी युनियन सभापति, एव विभिन्न इकाई सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक,एक जना केन्द्रीय प्रतिनिधि तोकिएका छन्।

अनलाइन फारममार्फत प्रतिनिधि जान चाहेको पालिका छनोट गर्न परिपत्र जारी गरेको थियो। मंगलबार यसै सन्दर्भमा छलफल गर्न केन्द्रीय प्रतिनिधिसँग संयुक्त रुपमा अन्तरक्रिया पनि हुँदैछ।

गत चैत्र २२ गते त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकमा भएका २४ वटा निर्णय गरेको थियो।

निर्णय नम्वर २१ को पूर्ण कार्यान्वयन गर्न एवं विद्यालयमा अध्यनरत विद्यार्थीका साझा समस्या समाधान गर्न नेपालको संघीय संरचना अनुरुप ७५३ वटै पालिकास्थित विद्यालयहरुको वर्तमान शैक्षिक अवस्थाको अनुगमन,अध्ययन र अनुसन्धान गरी सम्बन्धित स्थानीय सरकारलाई नेपाल विद्यार्थी संघको स्थापना दिवस २०८१ शाल बैशाख ६ गते एकै दिन, एकै साथ सुझाब एव माग सहित ज्ञापन पत्र बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’