लोकप्रिय गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको सुमधुर स्वरमा ‘तिम्रो मेरो दिलको बास’ गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
सगरमाथा डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सन्तोष श्रेष्ठको शब्द तथा संगीतमा सजिएको यस गीतको भिडियोको एरेन्ज कमल सौरागले गरेका छन् ।
माया प्रेम र कल्पनालाई प्राथमिकता दिएर शब्द रचना गरिएको यस गीतको भिडियोमा शील्पा पोखरेल र अनुप जंग थापाले अभिनय गरेका छन्।
एअन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् भने सम्पादन मिन रावलले गरेका हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































