
काठमाडौँ – ललिपप र क्यान्डीलगायतका चकलेटहरु उत्पादन गर्दै आएको सुजल फुड्स प्रा.लि.ले नयाँ उत्पादन चोकोफन जोय चकलेट बजारमा ल्याएको छ।
चोकोफन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मूल्यमा ग्राहक माझ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी विदेशी चकलेटको निर्भरतालाई तोड्न कम्पनीले आग्रह गरेको छ।
कम्पनीका अनुसार चकलेट अनुपम स्वाद र मिठासले भरीपूर्ण रहेको छ। चोकोफन जोय मुखमा राख्नन साथ पग्लिने र आनन्द प्रदान गर्ने भएकाले जोकोहीलाई पनि खाउँखाउँ लाग्ने कम्पनीको दाबी छ।
चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध छ। चोखोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ। चकलेटको अधिकतम खुद्रा मूल्य १० रुपैयाँ रहेको छ।
सुजल फूड्स प्रालि नेपालको अग्रणि कन्फेक्शनरी कम्पनी हो। सुजल फूड्सले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र विक्री वितरण गर्दै आएको छ।