राष्ट्रियसभा अध्यक्ष दाहालको गुनासो : प्रधानमन्त्रीसँग नाम जोडिदिँदा वाक्क भएँ

राष्ट्रियसभा अध्यक्ष दाहालको गुनासो : प्रधानमन्त्रीसँग नाम जोडिदिँदा वाक्क भएँ
+
-

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नो राजनीतिक योगदानलाई अवमूल्यन गरिएको गुनासो गरेका छन्।

अध्यक्ष भएपछि आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालसँग पारिवारिक नाता भएकाले अवसर पाएको भन्दै पटक पटक प्रश्न आएकाले त्यसबाट आफू आजित भएको बताएका हुन्।
मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेर निरन्तर राजनीतिक आन्दोलनमा लागेको बताए।

प्रधानमन्त्री दाहाललाई आफूले कुनैपनि राजनीतिक गतिविधिमा नछाडे पनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणी आफू वाक्क भएको उल्लेख गरे।

‘म त्यो विषयमा धेरै बोल्ने मोडमा छैन है । कति बोल्ने म त्यो विषयमा? २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेको अध्यक्ष र म । उहाँ गोरखामा पढाउनु हुन्थ्यो । म काठमाडौंमा डिप्लोमा पढ्दै थिएँ सानोठिमीमा । त्यो बेला पुष्पलालकोमा लागियो । चौथो महाधिवेशनमा जाँदाखेरी २०३५ साल जेठ २२ गते मलाई थाहा छ म डेट पनि भन्न सक्छु, उनले अगाडि भने, ‘सँगसँगै हिडेकै छ । एक दिन छोडिएको पनि छैन। अब प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो । यो कति दिनसम्म दिने, कहिलेसम्म दिने ?’

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे। उनले राष्ट्रियसभाका गतिविधिलाई सञ्चार माध्यमले प्राथामिकता नदिएको भन्दै गुनासो समेत गरे।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’