
काठमाडौँ– अब ग्लोबल आइएमई बैंकका ग्राहकहरुले ६ हजार रुपैयाँमा विदेश भ्रमण गर्न पाउने भएका छन्।
बैंकले हालै आइएमई ट्राभल्ससँग सहकार्य गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दन गर्ने उद्देश्यले बैंकको क्रेडिट कार्ड भएका ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको हो।
बैंकका अनुसार यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु मध्य अन्नपूर्ण बेस क्याम्प र मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली र दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु रहेका छन्।
बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार २ सय १० रुपैँया र विदेश भ्रमणको लागि ६ हजार रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो।
यो सुविधा लिन बैंकको क्रेडिट कार्ड भएका ग्राहकहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने छन्।