सहकारी ठगीको तथ्य सार्वजनिक भएपछि रविको प्रश्न: राईको सबै बदमासीको ठेक्का मैले लिइदिनु पर्ने हो?

सहकारी ठगीको तथ्य सार्वजनिक भएपछि रविको प्रश्न: राईको सबै बदमासीको ठेक्का मैले लिइदिनु पर्ने हो?
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपको प्रतिवाद गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले प्रतिवाद गर्दे ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राइले गरेको गल्तीको दोष आफूलाई लगाउन नहुने दाबी गरेका हुन्। उनले जिबी राईको बदमासीको सबै ठेक्का आफैले लिइदिनुपर्ने हो भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्,‘मेरो ब्यक्तिगत खातामा सहकारीको पैसा आएको,लिएको, गएको केही होइन,छैन। अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको मात्रै हो।’

‘के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र?अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ?म जिबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए?’

आफू दुई,चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन व्यक्ति नभएको पनि उनले प्रष्ट्रयाएका छन्। सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाणसहितको तथ्य र पुष्टी हुँदाहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न रविले अनुरोध पनि गरेका छन्।

यसैबीच बुटवलको सुप्रिम बचत था ऋण सहकारी संस्थाको बचत हिनामिना गर्ने २८ जनाविरुद्ध जिल्ला अदादलत रुपन्देहीमा मुद्दा दर्ता भएको छ।

सहकारीको रकम हिनामिना गर्ने सबै जसोलाई प्रतिवादी बनाइए पनि रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई जोगाएर जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दर्ता गरेको हो।

सहकारी गठी मुद्दामा उक्त सहकारीबाट नियमविपरीत ऋण लिने सबैलाई प्रतिवादी बनाइए पनि लामिछानेले भने रकम मात्रै लिएको अभियाेगपत्रमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?