
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन्।
मंगलबार नेपाल उद्योग परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरुलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताए।
उनले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक नरहेको उल्लेख गरे। उनले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताए।
उनले भने, ‘म के विश्वास दिलाउन चाहन्छु भने यो नेपालमा सिँगै अवधिभर अर्को चुनाव नहुँदासम्म सरकार चलिराख्छ।’