
काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत समूहचरणको अन्तिम खेलमा वर्षा र हावा हुरीका कारण साउदीसँगको खेलमा ढिलाइ भएको छ। हावाहुरीले पिच कभर उडाएपछि पिचमै पानि पसेपछि नयाँ पिच तयार गर्नु परेर खेलमा ढिलाइ भएको हो।
गएरातिको हावाहुरीका कारण मैदानमा केही समस्या भएको हो। खेल ढिला हुने भएसँगै ओभर घट्ने सम्भावना छ। पछिल्लो समय ओमानमा मौसम परिवर्तन भइरहेको छ। नेपाली समय अनुसार ११:१५ बजे हुनुपर्ने टस अझै हुन नसकेको हो।
नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। नेपाल रहेको समूह ‘ए’ मा कतार ४ खेलमा ४ अंक सहित दोस्रो स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा रहेको छ। तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २-२ अङ्क रहेको छ। बाँकी सबै टिमको सेमिफाइनलको सम्भावना कायम छ।
अर्को खेलमा भने मलेसिया र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्। हङकङले टस जितेर पहिले फिल्डीङ गरिरहेको छ। अहिले मलेसियाले ब्याटिङ गरीरहेको छ।