बजेट अभावमा रोकियो धार्मिक विद्यालय निर्माण

बजेट अभावमा रोकियो धार्मिक विद्यालय निर्माण
+
-

सिमकोट – खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा निर्माणाधीन धार्मिक विद्यालयहरुको निर्माण रोकिएको छ। सङ्घीय सरकारबाट आउने बिशेष अनुदानको बजेट यसवर्ष नआएपछि निर्माण कार्य रोकिएको हो।

गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बजेट अभावको कारण यसवर्ष धार्मिक विद्यालयको निर्माण कार्य अगाडी नबढेको बताए। सङ्घीय सरकारको बहुवर्षीय योजनामा परेको सो विद्यालय चालु आर्थिक वर्षमा बजेट नै विनियोजित नभएपछि निर्माण कार्य अगाडी बढाउन नसकिएको अध्यक्ष रावलले बताए।

आफ्नो श्रोत नभएकोले सङ्घबाट बजेटको ब्यवस्था नभएसम्म सो विद्यालय भवनको निर्माण अगाडि बढ्न नसक्ने देखिएको छ। यसवर्ष त आएन आएन आगामी आर्थिक वर्षमा पनि बजेट ब्यवस्था हुन नहुने कुनै निश्चितता नभएको बताए। भवन दुई तले रहेको छ र हाल झ्याल राखिएको अवस्था रहेको छ।

आर्थिक वर्ष ०७७/०७८ मा कर्णाली प्रदेश सरकारले ब्यवस्था गरेको पुर्बाधार बिकास कार्यक्रमबाट ब्यवस्था भएको पचास लाखबाट स्थानीय उपभोक्ता समितिबाट भवनको निर्माण कार्य सुरु भएको थियो। त्यसैगरी  ०७८।७९ मा सङ्घ सरकारबाट आएको बिशेष अनुदानबाट आएको ९० लाख गाउँपालिकाले बोलपत्र आव्हान गरेर भवनको निर्माण अगाडि बढेको थियो। आर्थिक वर्ष ०७९।०८० मा आएको बिशेष अनुदानका रुपमा आएको ६० लाखको बोलपत्र आव्हान गर्दा घटेर ३२ लाखमा भवन निर्माण कार्य भएको थियो। भवनको डिपिआरमा कुल लागत साँढै तीन करोड बजेट रहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?