चिया निर्यातमा भारतको पुनःअवरोध,पानीटेंकी नाकामा थन्किए १६ ट्रक

चिया निर्यातमा भारतको पुनःअवरोध,पानीटेंकी नाकामा थन्किए १६ ट्रक
+
-

झापा-भारतको पानीटेंकी नाकामा नेपालमा उत्पादित तयारी चिया बोकेका ट्रक थन्किएका छन्। नेपालको प्रमुख निर्यात वस्तु चियामा भारतले अवरोध गरेको नेपाली व्यवसायीहरूले बताएका छन्।

भारतले नेपालको चियाको गुणस्तरमा प्रश्न चिह्न लगाउँदै निर्यातमा अवरोध गरेको नेपाली व्यवसायीहरूको भनाइ छ। गुणस्तरीय परीक्षणका नाममा भारतीयको अवरोधका कारण नेपालबाट चिया बोकेर गएका ट्रक नेपाल–भारत सीमानाका पानीट्यांकीमा थन्किएका हुन्।

निकासी अवरोधकै कारण झापाको काँकरभिट्टा नाकामा पनि चिया लोड भएका ट्रक पार्किङमा रहेको नेपाली व्यवसायीहरुले बताएका छन्।
गुणस्तरहीन उत्पादनका नाममा भारतले अवरोध गरेको घटना नौलो भने होइन।

विगतमा पनि नेपालमा उत्पादन भएको चियाको गणस्तरमा आधारहीन प्रश्न भारतले उठाइरहेको नेपाली व्यवसायीहरूले बताएका छन्।
केहि दिन अघिदेखि चिया व्यवसायीहरुले यसबारेमा सरकारको ध्यानाकर्षण गराएका थिए।

भारतले चिया निर्यातमा अवरोध गरेलगत्तै भारतको पश्चिम बंगालको पानीट्यांकीमा चिया लोड भएका १६ वटा मालवाहक सवारीसाधन बाटैमा र एउटा नेपालको मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा थन्किएको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए।

उनले भने,‘शतप्रतिशत स्याम्प्लिङका नाममा भारतले नेपालको चिया निर्यातमा अवरोध गरेको छ। जुन अहिले संभव नै छैन।’ सडकमै सवारी साधन रहेकाले चिया बिग्रिने अवस्थामा पुग्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

शुरुमा ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गर्दा चिया निर्यात गर्न पाइने प्रावधान थियो। अहिले यसमा भारत सरकारले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेपछि आफूहरु मारमा परेको नेपाली चिया व्यवसायीहरुको गुनासो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?