
मुगु – जिल्लामा संघीय र प्रदेश सरकारले विकास नगरे पनि गाली भने स्थानीय सरकारले पाउँदै आएको बताइएको छ।
प्रदेश र संघीय सरकार मातहतका जिल्ला स्थित सडक हरुको स्तरउन्नती र अन्य सुधारका काम दुबै सरकारले नगरे पनी गाली भने जनताले स्थानिय सरकारलाइ गर्ने गरेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए।
जिल्ला स्थित कृयाशिल पत्रकारहरुका लागि पत्रकार आचारसंहिता तथा आचरण संम्वन्धी आयोजित ३ दिने तालिमको शनिवार समापन गर्नुहुदै नगर प्रमुख भामले प्रदेश र संघीय सरकारलाइ यस्तो आरोप लगाउनु भएको हो।
छायाँनाथ रारा नगर पालिकामा रहेका संघीय सरकार मातहतका कर्णाली राजमार्ग अन्तरगत नाग्म ९ गमगढीको वुलवुले ९ गमगढी खण्ड,गमगढी ९ नाक्चे लाग्ना सडक,ताल्छ९रारा सडक र गमगढी९लामाचौर ९ रारा सडकहरुको सुधार तथा स्तरउन्नतीमा ध्यान नदिदा सँवारी चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन।
संघीय मात्र होइन कर्णाली प्रदेश सरकारले पनि आफ्ना मातहतका सडक निर्माण,सुधार र स्तर उन्नतीमा ध्यान दिएको छैन । प्रदेश सरकार मातहतमा गमगढी – तारापानी सडक ,गमगढी –बाम– हुम्ला दार्म सडक,गमगढी पिना – राताचौर सडक,बालै–मन्दु –जुम्ला सडक,अल्कासाँघु– चराप–रोवा– सोभा सडक,लुम्स९ सोवा सडक,झाडनाउला– मन्दु सडक,कोटिल्ला – लिउडी – घट्टललेख सडक रहेका छन।
गमगढी बजारको आँखा अस्पताल देखि सामुदायिक भवनको मोड सम्म सडक बिभागले सडक समय मै नबनाउँदा यो सडक सधै पानी परे हिलाम्य र घाम लागे धुलाम्य हुन्छ। संघीय सरकारबाट १० करोडमा ठेक्का लागेको २ वर्ष वितिसक्दा पनि अझै काम सम्पन्न गरिएको छैन
गमगढी बजार प्रवेश यहि सडक पर्ने भएकोले विभिन्न काम विशेषले मुगु आउने व्यक्ति हरु तथा रारा ताल,चंखेली हिमाल,दूध ताल,सात पोखरी ताल,छायाँनाथ धाम,रिणिमोक्क्ष धाम,थार्प मष्टो लगायत धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र घुम्न आउने पर्यटकहरुले कस्तो नगरपालिका रहेका छ रु ,को मेयर रहेछ रु कामै गरेको रहेनछ भनेर गाली गर्ने गरेका छन नगर प्रमुख बताउँछन्।
जनताले यो सडक कस्को मातहतको कस्ले विकास गरेन हो त्यो बुझ्दैनन घर अगाडि भएका सडक स्थानीय सरकारले बनाउनु पर्छ भनेर गाली गर्छन।
जनतालाइ हाम्रो मातहतको सडक होइन प्रदेश र संघीय सरकारलाइ गाली गर्नुस भनेर संम्झाउदा प्रदेश,संघीय हामी चिन्दैनौ नगरपालिकाले बनाउनु पर्छ भन्छन्। स्थानिय सरकार सँग सिमीत बजेट हुन्छ त्यत्रा ठुला ठुला योजना हामी कसरी बनाउने ठुला बजेट हुने सरकारले चासो दिदैनन नगर प्रमुख भाम गुनासो गर्छन।
आफू पनि नगर्ने स्थानीय सरकारलाइ पर्याप्त बजेट पनि नदिने प्रदेश र संघीय सरकारको विकास नीति हलो अड्काउने गोरु चुटने जस्तो भएको पनि प्रमुख भाम बताउछन्।
केही सडक र पुलहरु नगरपालिकाको दवाव पछी बनाउन र सुधार गर्न प्रदेश र संघीय सरकारले काम शुरु गरे पनि त्यो झाडो टार्ने जस्तै गरी काम गरिरहेको पनि प्रमुख भामले भने।
नगरपालिका मात्र होइन जिल्ला भरीका प्रदेश तथा संघीय सरकार मातहतका सडक नबनाउँदा जनताले सास्ती भोग्दै आएका छन्।
२०७९ को बाढी पहिरोले नाम निसा नै नराख्ने गरि बगाएको रामतडी ( झुगेला) कणाली करिडोरसम्मको सडक बनाउन कुनै सरकारले चासो नदिदा खत्याड तल्लो भेगका जनता गाउँपालिका केन्द्र,सदरमुकाम गमगढी र सदरमुखकाम गमगढी र खत्याड माथिल्लो भेगका जनतालाई झुगला सम्म आउजाउ गर्न कठिनाइ हुँदै आएको छ।
यो सडक बनाउन प्रदेश र संघीय सरकारले चासो दिएका छैनन तर जनता गाली भने स्थानीय खत्याड गाउँपालिकाको नेतृत्वलाइ गर्दै आएका छन्।
प्रदेश र संघीय सरकारले विकास गर्न नसक्ने भए जनताका नजिकका सरकार स्थानीय सरकारलाइ बजेट पठाओस हामी समय मै गुणस्तर र मापदण्ड भित्रका विकास गरेर देखाइ दिन्छौ। हामिलाइ कनिका छरे जस्तो गरेर बजेट पठाउने,ठूलो बजेट आफै राख्ने काम नगर्ने तर गाली हामिले खानु पर्ने अवस्था छ नगरप्रमुख भन्छन्।
बिक्रम संवदको २०७९ को बाढीले मुगु जिल्लाका पिना, चाट्टेबगर, घट्टेखोला, अल्कासाँघु, बिराचौर, झुगेलामा रहेका काठे साँघु र झुलुङ्गे पुल बगायो। पुल बगाएको २ वर्ष वित्नै लाग्दा पनि प्रदेश र संघीय सरकारले निर्माण तथा पुनर्निर्माणमा ध्यान नदिदा यी पुल तरेर आउत जावत गर्ने २ दर्जन बढि बस्तीका जनताहरुले सास्ती भोग्दै आएका छन। पटक पटक प्रदेश र संघीय सरकार मातहतका कार्यालयलाइ आग्रह गर्दा पनि सुनुवाइ भएको छैन।
पत्रकारले स्थानिय सरकारका मात्र कमीड कमजोरी देखाउने प्रदेश र संघीय सरकार बारे केही नबोल्ने नलेख्ने नगर्नुस मेरो सुझाव छ हाम्रा राम्रा नराम्रो दुबै कुरा बाहिर ल्याउनुस सङै प्रदेश र संघीय सरकारले बजेट छुटाएर काम नगरेका,ढिला शुरु गरेका,गर्नु पर्ने विकासमा बजेट योजना नछुटाएका,गरेका विकास योजना गुणस्तर र दिगा छन छैनन त्यो पनि समाचारको माध्यमबाट बाहिर ल्याउनुस। हामी त सानो बजेट भएका सरकार हौ अर्बौ खर्बौ बजेट चलाउने सरकार त माथी छन।
उहाँ भन्छन् गाउँ गाउँमा स्थानीय सरकारले गरेका पुर्वाधार, सिंचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, सामाजिक विकासका गतिविधि देखिन्छन। जिल्लामा प्रदेशका कार्यालय छन् तर विकासका काम समय मै शुरु गर्दैनन। संघिय सरकार मातहतका विकासे कार्यालय त झन २ दिन पैदल दूरी टाढा जुम्ला जिल्लामा छन आफै बुझ्नुस कति सेवा दिएका होलान विकास गरेका होलान्।