रोमाञ्चक हाइस्कोरिङ खेलमा बैंगलोरमाथि कोलकाताको एक रनको जित

रोमाञ्चक हाइस्कोरिङ खेलमा बैंगलोरमाथि कोलकाताको एक रनको जित
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले प्रतियोगितामा सातौं हार भोगेको छ। आइतबार भएको खेलमा बैंगलोर कोलकाता नाइटराइडर्ससँग १ रनले पराजित भयो। रोमाञ्चक खेलमा अन्तिम दुई बलमा २ विकेट लिएपछि कोलकाताले प्रतियोगितामा पाँचौं जित निकाल्दै दोस्रो स्थानमा उक्लियो।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो। उसका लागि फिल साल्टले ४८ रन बनाउँदा कप्तान श्रेय्यस अय्यरले ५० रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै सुनिल नारेनले १० रन बनाउँदा भेनकटेस अय्यरले १६ तथा रिन्कु सिंहले २४ रन बनाए। त्यस्तै आन्द्रे रसेलले २७ तथा रमनदिप सिंहले २४ रनको नटआउट इनिङ खेले। बैंगलोरका लागि हर्सित राना, सुनिल नारेनले समान २-२ विकेट लिंदा आन्द्रे रसेलले ३ विकेट लिए।

२ सय २३ रनको जवाफि लक्ष्य लिएर मैदानमा उत्रिएको बैंगलोर एक रनले पराजित भयो। बैंगलोरका लागि विल ज्याक्सले ५५ रन बनाउँदा  रजत पाटिदारले ५२ रन बनायो। त्यस्तै सुयस प्रभुदेशाइले २४ रन बनाउँदा दिनेश कार्थिकले २५ तथा कर्न शर्माले २० रन बनाए। कोलकाताको जितमा अन्तिम ओभर बलिङ गरेका मिचेल स्टार्कले पहिलो तेस्रो र चौंथो बलमा छक्का दिएपनि अन्तिम २ बलमा दुई रोमाञ्चक दुई विकेट लिएपछि आरसिबी स्तब्ध बन्यो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?