नेपाल भ्रमणका लागि वेस्ट इन्डिज ‘ए’ टोली घोषणा, को को छन् टोलीमा?

नेपाल भ्रमणका लागि वेस्ट इन्डिज ‘ए’ टोली घोषणा, को को छन् टोलीमा?
+
-

आगामी २५ अप्रिल देखी नेपालसँग हुने टी-२० सिरिजका लागि क्रिकेट वेस्टइन्डिजले आफ्नो ‘ए’ टोलीको घोषणा गरेको छ। २५ अप्रिल देखी १४ मे सम्म हुने खेलका लगि १५ सदसिय टोलीको घोषणा गरिएको हो।

अनुभवी खेलाडी रोस्टन चेजको कप्तानीमा घोषित टोलीमा एलीक अथान्जी उपकप्तान रहेका छन्। वेस्टइन्डिजको ए टोलीले नेपालसँग ५ खेलको टी-२० सिरिज खेल्ने कार्यतालिका रहेको छ। वेस्टइन्डिजले नेपालसँगको खेलले टी-२० विश्वकपका लागि टोली छनोटमा ठुलो योगदान दिने विश्वास लिएको छ। नेपालले पनि वेस्टइन्डिज विरुद्धको सिरिज एतहासिक हुने भन्दै विश्वकप तयारीमा कोसेढुङ्गा हुने विश्वास लिएको छ।

वेस्टइन्डिजको यो पहिलो नेपाल भ्रमण भएकाले पनि दुबै टीमका लागि अर्थपूर्ण मानिएको छ। यो चरणमा रोस्टनले पहिलो पटक कप्तानी गर्न लागेकाले आफू उत्साही रहेको बताएका छन्। टोलीको प्रशिक्षकका रुपमा फ्लोइड रेइफर, सहायक प्रशिक्षकका रुपमा रायोन ग्रिफ्त लगायत रहेका छन्। इन्जुरीका कारण ब्रान्डन किंग्सले टोलीमा स्थान बनाउन सकेनन्। भने एभिन लुइस छनोटमा सहभागि नभएको वेस्टइन्डिज क्रिकेटले जानकारी दीउको छ।

यस्तो छ वेस्टइन्डिजको ‘ए’ टोली

रोस्टन चेज (कप्तान), एलिक अथनाजी, फावियन एलेन, कडिम एलियन, जोसुवा विशोप, क्यासी कार्टी, जोनसोन चार्लेस, मार्क डेयल, एन्ड्री फ्लेचर, म्याथ्यु, फोर्ड, ओवेड म्याकोइ, गुडकेश मोटाइ, किमो पल, ओसन थोमस र ह्यडन वाल्स रहेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?