देशसञ्चार चौतारी : भाग-४१

राजा महेन्द्रले दरबारमै मगाउँथे कृष्ण पाउराेटी

+
-

काठमाडौँ- नेपालकाे पहिलाे पाउरोटी उद्योग कृष्ण पाउरोटी ७५ वर्षपछि पनि चलिरहेकाे छ। कृष्ण पाउरोटीका तत्कालीन सञ्चालक कृष्णबहादुर राजकर्णिकारका कान्छा छोरा घनश्याम राजकर्णिकार अहिले कृष्ण पाउराेटी हाँकिरहेका छन्, आफ्ना छोरीहरुको साथ लिएर।

कृष्ण पाउरोटीका अहिलेका प्रमुख घनश्याम राजकर्णिकारले यस अंकको देशसञ्चार चौतारीमा नेपालकाे पहिलो पाउरोटी उद्योगका संघर्ष र सफलताका कथा पस्किए, सहकर्मीमाझ।

२००५ मा खुलेको कृष्ण पाउरोटी सुरुमा सर्वसाधारणले मन पराउँदैन थिए। पाउराेटीमा राखिने हर्ब्सका कारण अमिलो पनि हुन्थ्यो। नियमित कृष्ण पाउरोटीमा चिया खान आउने कांग्रेस नेता बिपी कोइरालाले घनश्यामका बुवा कृष्णबहादुरलाई बिस्तारै पाउरोटी नेपालमा प्रचलित हुने बताउँदै उद्योग बन्द नगर्न सुझाएका थिए।

तैपनि नेपालमा पाउराेटी प्रचलित गराउन घनश्यामका बुवालाई धेरै गाह्रो पर्‍यो। ‘कट्टरपन्थी ब्राम्हणहरुले खुट्टाले मुछेकाे भनेर पाउराेटी खान मन पराउँदैन थिए, यो गलत धारणा चिर्न बुवाले सबैले देख्ने गरी नै पाउराेटीको पीठो मुछ्ने व्यवस्था गराउनुभएकाे थियाे,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।

बिस्तारै असनमा टिनको बाक्सामा राखेर कृष्ण पाउरोटी जान थाल्यो।  बिस्तारै सहरका अन्य स्थानमा पनि कृष्ण पाउराेटी बिक्री हुन थाल्याे। मानिसहरुले बिस्तारै पाउरोटी मन पराउन थाले।

अनि कृष्ण पाउरोटीले मेसिन झिकायाे, पाउराेटी बनाउन। कृष्ण पाउरोटी उद्योग ठूलो हुँदै गयो। ‘एक दिन राजा महेन्द्रले हाम्रो पसलमा पाउरोटी किन्न पठाउनुभयो, अनि हामीले पनि यो राजाले खाने पाउरोटी भनेर हल्ला फिँजायौँ,’ उनले भने। कृष्ण पाउराेटीले एकपछि अर्काे मेसिन विदेशबाट झिकायाे, अनि उत्पादन ह्वात्तै बढ्यो।

बीचमा कृष्ण पाउराेटीमा वज्रपात पनि पर्‍यो। पारिवारिक बेमेलका कारण बिस्तारै खस्कियो यो उद्योग। ‘एकताका त जिरोमा पुगेकाे थियो कृष्ण पाउराेटी, अहिले फेरि हामीले रिभाइभ गरेका छौँ,’ उनले भने।

पसलबाट फिर्ता लगिएका पाउरोटी फेरि प्रयोग गर्न नमिल्ने उनले बताए। ‘डेट एक्स्पायर भएको पाउरोटी फेरि प्रयोग हुँदैन, फ्याँक्ने नै हो,’ उनले भने।

साहित्यका क्षेत्रमा पनि सक्रिय राजकर्णिकारले नियात्राका थुप्रै किताब पनि लेखेका छन्।

८३ वर्षकाे उमेरमा पनि हट्टाकट्टा र हृष्टपुष्ट देखिने राजकर्णिकारले आफू भने पाउरोटी नखाने बताए। ‘म पाउरोटी व्यवसायी भए पनि यो खाने कुरै होइन,’ उनले भने।

बौद्ध दर्शन र विपश्यना ध्यानले आफूलाई धेरै फाइदा पुर्‍याएकाे उनले बताए। ‘म माछामासु र रक्सी खान्नँ, ध्यान पनि नियमित गर्छु,’ उनले भने।

देशसञ्चार चौतारीको पूरा भिडियो:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?