नेपालले उपलब्ध गराएको कारमा नअटेपछि कतारी अमिर चढे आफ्नै दूतावासको कार

नेपालले उपलब्ध गराएको कारमा नअटेपछि कतारी अमिर चढे आफ्नै दूतावासको कार
+
-

काठमाडौँ – मंगलबारदेखि दुई दिने नेपालको औपचारिक नेपाल भ्रमणका रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली पक्षले सामान्य कुरामा ध्यान नदिएको पाइएको छ।

नेपालीभन्दा ठूला कदका थानीलाई उपलब्ध गराएको कार घुुडा ठोक्किएपछि उनी त्यसबाट ओर्लिर आफ्नै दूतावाताको फराकिलो कारमा चढेर विमानस्थलबाट बाहिरिएका हुन्।

सामान्यतया ठूला देशका उच्च पदस्थ व्यक्तिहरु भ्रमणमा जाँदा आफ्नै सवारी सधान लैजाने गर्छन्। अमिरको भ्रमणका क्रममा पनि कतारले आफैँले व्यवस्थापन गर्ने प्रस्ताव गरे पनि नेपाली पक्षले उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

परराष्ट्रमन्त्रालय स्रोतका अनुसार नेपाल आफैँले सवारीको व्यवस्थापन गर्ने भएपछि कतारी पक्षले उताबाट अमिरका लागि छुट्टै कारको व्यवस्था गरेन।

तर विमानबाट ओर्लिएर बाहिरिने क्रममा नेपाल सरकारले उपलब्ध गराएको कारमा नअटेपछि अमिरले सँगै रहेको आफ्नै दूतावासको सवारी साधन प्रयोग गरेका हुन्।

मंगलबार साँझ नेपाल आइपुगेका अमिरले राष्ट्रपति पौडेलसँगै मंगलबार नै शितलनिवास पुगेर औपचारिक भेटघाट गरेका छन्। उनले बुधबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

यो पनि पढ्नुहोस्

कतारी अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हुँदै

कतारी अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हुँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?