
काडमाडौँ– अब रेडमी नोट १३ खरिद गर्दा ग्राहकले ‘रेड्मी बड्स ४ एक्टिभ’ निःशुल्क पाउने भएका छन्।
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ साल–नयाँ नोट’ नामक अफर अझै जारी राख्दै यस्ता योजना ल्याएको हो। रेड्मी नोट १३ सिरिज अन्तर्गतका रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि गरी तिन प्रकारका मोडलहरु रहेका छन्।
६+१२८ जीबी स्टोरेज भएको रेडमी नोट १३ को मूल्य २४ हजार ९९९ रहेको छ भने ८+२५६ जीबी स्टोरेज भएको मूल्य २७ हजार ९९९ रहेको छ। रेडमी नोट १३ का यी २ मोडेल खरिद गर्दा रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाइने भएको हो।
रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा सहित उपलब्ध छ।
यस अफर अन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरुमा पनि छुटको व्यवस्था गरिएको छ।
८ जिबि+२५६ जीबी स्टोरेज भएको ३४ हजार ९९९ पर्ने रेड्मी नोट १३ प्रो २ हजार छुट सहित ३२ हजार ९९९रुपैयाँमा पाइनेछ। १२ +५१२ जीबी स्टोरेज भएको ३९ हजार ९९९ पर्ने रेड्मी नोट १३ प्रो ४ हजार छुट सहित ३५ हजार ९९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ।
रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ल फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर रहेकाे छ।
यस योजना अनुसार रेड्मी नोट १३ प्रो + ५ जि खरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभ मात्र १ हजार ६९९ मा प्राप्त गर्न सक्नेछन भने रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ मा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
८+२५६ जीबी स्टोरेज भएको रेडमी नोट १३ प्रो + ५ जीको मूल्य ४७ हजार रहेको छ भने १२+५१२ जीबी स्टोरेज भएको रेडमी नोट १३ प्रो + ५ जीको मूल्य ५२ हजार ९९९ रहेको छ। रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ।
यो अफर बैशाख १८ गते सम्म जारी रहने कम्पनीको भनाइ छ।