आफ्नो क्षेत्रका सांसद छान्न तम्तयार इलाम–२ का मतदाता, धमाधम बन्दै मतदानस्थल

आफ्नो क्षेत्रका सांसद छान्न तम्तयार इलाम–२ का मतदाता, धमाधम बन्दै मतदानस्थल
+
-

इलाम – संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनअन्तर्गत मतदानका लागि इलाम क्षेत्र नं २ का मतदाता तम्तयार अवस्थामा रहेका छन्।

माइ खोलापश्चिम इलाम क्षेत्र नं २ का मतदाता शनिबार (भोलि) आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छान्न तयारी अवस्थामा रहेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे ।

कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदै छ। जहाँ ७४५ जना कर्मचारी खटिइसकेका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

उनले भने, ‘हामीले सबै स्थल तथा केन्द्रमा पर्याप्त कर्मचारी खटाइसकेका छौँ। शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।’

मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीले सबैखाले तयारी गरिरहेका छन्।  महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्र ‘क’की मतदान अधिकृत मीना आचार्यका अनुसार मतदान केन्द्र निर्माणको काम सकिएको र मतदानका लागि कर्मचारीहरू तयारी अवस्थामा रहेका छन्।

पुरुष तथा महिलाका लागि अलग/अलग लाइनमा बसेर मतदान गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव।

जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

उनका अनुसार ३९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशील र १९ वटा अति संवेदनशील मतदान केन्द्र रहेका छन्। सोहीअनुसार सुरक्षाकर्मीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

उनले भने, ‘हामीले सबै सुरक्षाका प्रबन्ध मतदान केन्द्रको वर्गीकरणका आधारमा मिलाएका छौँ। केही अप्ठ्यारो परेको खण्डमा थप मद्दत पनि आउनेछ।’

उनका अनुसार मतदान केन्द्रहरूको नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ। ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन्। यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन्।

तल्लो भेगमा खर्च पुर्‍याउन धौधौ


उपनिर्वाचनअन्तर्गत मतदानका लागि दुर्गम भेगमा सामान ढुवानी तथा खरिद गर्दा आधाभन्दा बढी रकम नपुग्ने मतदान अधिकृतहरूले बताएका छन्।

इलामको तल्लो भेग चुलाचुलीमा सामान ढुवानीमा मात्रै १६ हजार रुपैयाँ खर्च लागेको तर मतदान अधिकृतले खर्च गर्न पाउने अधिकार ९ हजार रुपैयाँ मात्रै भएको चुलाचुली गाउँपालिका ६ को मिक्लाचोङ्ग माविमा रहेको मतदान केन्द्रका मतदान अधिकृत मातृकाप्रसाद दहालले बताए।

चुलाचुली पुग्न इलामबाट झापाको विर्तामोड, दमक, मोरङको मिक्लाजुङ हुँदै जानु पर्ने अवस्था छ। अभावका बीचमा पनि नमूना मतदान सम्पन्न गर्ने तयारीमा कर्मचारीहरू जुटेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद ढकालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?