इलाम २ मा मतदानः मतदान केन्द्र व्यवस्थापनमा अब्बल महिला कर्मचारी

इलाम २ मा मतदानः मतदान केन्द्र व्यवस्थापनमा अब्बल महिला कर्मचारी
+
-

इलाम- इलाम २ मा भइरहेको उपनिर्वाचनअन्तर्गत मतदानमा महिला कर्मचारीहरू मतदान केन्द्र व्यवस्थापनमा अब्बल देखिएका छन्।

विगत केही निर्वाचनदेखि इलाममा सुरु भएको महिला कर्मचारीहरूलाई मतदान केन्द्रहरू व्यवस्थापन गर्न दिने अभ्यासमा महिला कर्मचारीहरू अब्बल सावित हुँदै गएका हुन्।

ती केन्द्रहरूमा प्रहरीबाहेक सबै कर्मचारी महिला छन्। जोखिमपूर्ण काम पुरुषले मात्र गर्न सक्छन् भन्ने मान्यतालाई उनीहरूको कामले गतिलो झापड हानेको मतदाताहरूले प्रतिक्रिया दिएका छन्।

इलाम नगरपालिका ५ तोरीबारीको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम मध्यामिक विद्यालयमा बिहान सात बजेदेखि नै मतदान सुरु भयो। त्यहाँ महिला मतदान अधिकृत र पाँच महिला कर्मचारीले मतदान गराउने जिम्मा पाएका छन्।

योभन्दा अघिका निर्वाचनमा सहायक मतदान अधिकृतको जिम्मेवारी पूरा गरेको अनुभव बोकेकी तारा श्रेष्ठ त्यहाँको मतदान अधिकृत बनेकी छन्।

उनले भनिन्,  ‘सबैको सहयोग छ। मतदान शान्तिपूर्ण भइरहेको छ। प्रहरीबाहेक सबै कर्मचार महिला छौं।’

इलाम निर्वाचन क्षेत्र न २ मा भइरहेको उपनिर्वाचनमा १४९ मतदान अधिकृतमध्ये तीनजना महिला मतदान अधिकृतहरुलाई महिलाहरु कर्मचारीको मात्रै संलग्नतामा मतदान सम्पन्न गर्न जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृत मीना आचार्यसहित पाँचजना महिला कर्मचारी खटिएका छन्।

इलाम विद्या मन्दिरमा हिमज्योति घिमिरेसहित पाँचजना महिला कर्मचारी खटिएका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?