सामाजिक सद्भभाव अभिवृद्विका लागि विराटनगरमा मैत्रीपूर्ण ब्याडमिन्टन

सामाजिक सद्भभाव अभिवृद्विका लागि विराटनगरमा मैत्रीपूर्ण ब्याडमिन्टन
+
-

विराटनगर- विराट ब्याडमिन्टन क्लबले सामाजिक सद्घभाव अभिवृद्वि र आपसि भाइचारालाई प्रगाढ बनाउने उदेश्यले शनिबार आफ्ना क्लब सदस्यहरुबिच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

विराटनगर स्थित क्लबको कोर्टमा आयोजित प्रतियोगितामा क्लबका सदस्यहरुबिच दुई समूह विभाजन गर्दै मेन्स डबलका इभेन्टहरु आयोजना गरिएको थियो। जसमा समूह ‘ए’  मा १२ र समूह ‘बी’ मा १५  समूहबिच प्रतिस्पर्धा भएको थियो।

मेन्स डबल्सको समूह ‘ए’ मा फुर्तेम्बा शेर्पा र चक्र हमालको जोडी प्रथम हुँदा रविन दाहाल र मिलन नेम्बाङको जोडी दोस्रो भएको थियो। त्यस्तै किशोर पाण्डे र सोनम लामाले तृतिय स्थान हासिल गर्दा निराकार बज्रचार्य र केशव कार्की पनि तेस्रो स्थानमै सफल भए।

त्यस्तै समूह ‘बी’ तर्फ रिन्जे गुरुङ र हरि कुमार राईले प्रथम हुँदा मनोज चौधरी र राजिव यादव दोस्रो भए। त्यस्तै चक्र विक्रम सिंह र कुशल लिम्बु तेस्रो हुँदा श्याम लामा र हृदय नारायण मण्डलको जोडी पनि तेस्रो स्थानमै रह्यो।

उक्त अवसरमा मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले सद्भभाब बढाउनका लागि हुने मैत्रीपूर्ण खेलले समाजमा सकरात्मक सन्देश प्रवाह हुने बताएका थिए। भट्टराइले ब्याडमिन्टन क्लबलाई ब्याडमिन्टन विकासमा निरन्तर योगदान कायम राख्न आग्रह गरेका थिए।

उक्त अवसरमा क्लबका अध्यक्ष केशव कार्कीले आगामी दिनमा क्लबले थप प्रतियोगिताहरु आयोजना गर्दै लैजाने बताए। उनले आफ्नो आग्रहलाई स्विकार गर्दै सहभागिता जनाएको भन्दै सबैप्रति आभार ब्यक्त गरे। उनले मैत्रीपूर्ण प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व प्रशिक्षक उतम सिम्खडालाई धन्यवाद दिएका थिए।

मैत्रीपूर्ण ब्याडमिन्टनका झलकहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?