वेस्टह्यामसँग बराबरीमा रोकियो लिभरपुल, उपाधि सम्भावना झनै कमजोर

वेस्टह्यामसँग बराबरीमा रोकियो लिभरपुल, उपाधि सम्भावना झनै कमजोर
+
-

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको उपाधि सम्भावना झनै कमजोर बनेको छ। लगातार दोस्रो खेलमा लिभरपुल जितविहीन रह्यो। शनिबार वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि उसको उपाधि सम्भावना थप कमजोर बनेको हो।

अघिल्लो खेलमा एभर्टनसँग २-० ले पराजित भएको लिभरपुलको  जारी प्रिमियर लिगमा पछिल्लो पाँच खेलमा चौंथो जितविहीन यात्रा हो। प्रमियर लिगमा लिभरपुलले पछिल्लो पाँच खेलमा २ बराबरी र २ हार भोग्दा फुलह्यामलाई भने ३-१ ले हराएको थियो। अब प्रिमियर लिगमा लिभरपुलले तीन खेल खेल्न बाँकी छ।

लन्डन स्टेडियममा भएको खेलमा लिभरपुल विरुद्ध जेरोड बौनले ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा वेस्टह्यामलाई १-० को अग्रता दिलाए। तर डियाजको पासलाई एन्डी रोबर्टसनले ४८ औं मिनेटमा सदुपयोग गर्दा लिभरपुलले खेल १-१ गोलको बराबरीमा ल्यायो। यद्यपि लिभरपुलले ६५ औं मिनेटमा अलफोन्स एरेओलाको गोलमा अग्रता बनायो। तर वेस्टह्यामले मिखेल एन्टोनियोको गोलमा खेल बराबरीमा ल्याएको थियो। अब लिभरपुलले अर्को खेलमा टोटेनह्यामको सामना गर्ने छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?