
इलाम- इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत ल्याएका छन्।
हालसम्म २१,८१० मत गनिएकाे छ, जसमध्ये २६१ मत बदर भएकाे छ।
फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिकाका सबै मत गनिसकिएकाे छ। पछिल्लाे मतपरिणाम माङ्सेबुङ १ सहितकाे हाे।
माङ्सेबुङ किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको प्रभाव रहेको पालिका हो। यहाँको मत निर्णायक मानिन्छ। सबै नेता धर्मगुरु लिङ्देनकहाँ गएर जितको आशीर्वाद लिन्छन्।