
अ
+
अ
अ
-
इलाम – इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ।
३९ हजार ९६१ मत मतगणना हुँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १६ हजार २१९ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ८ हजार ८२५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूल २ हजार ६४५ मत पाएका छन्।
निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो।