रास्वपाको मिसन ०८४ लाई इलामले धक्का दिएकै हो?

रास्वपाको मिसन ०८४ लाई इलामले धक्का दिएकै हो?
+
-

इलाम –  चुनाव प्रचारका क्रममा इलामको माइ नगरपालिकाको कपुरचौरमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक जिम्मेवार नेताले भनेका थिए, ‘हामी पहिलो हो। पहिलो नभए तेस्रो हो। दोस्रोचाहिँ हुँदै होइन।’

तर रास्वपाका उम्मेदवार मिलन लिम्बूले इलाम २ बाट प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भएको मतदानमा पाएको मत परिणामले तेस्रोमा नभएर चौथोमा पुर्‍याउने करिब पक्का भएको छ।

ती नेताको आकलन यहीँ ‘फेल’ खाएको छ। सरकारले २०८१ बैशाख १५ गते उपनिर्वाचनका लागि मतदानको दिन तोकिएकै बेलादेखि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरूको इलाम काठमाडौं यात्रा निकै बाक्लिएको थियो।

एक पटक इलाम २ का ६ वटै पालिकाका लागि एकरएक जना सांसद एकै दिन इलाम गएर त्यहाँका स्थानीयबासीसंग छलफल गरेका थिए। त्यस्को केही दिनपछि स्वतन्त्र उम्मेदवारी दिने भनेका पूर्व पत्रकार मिलन लिम्बूलाई रास्वपाले आफ्नो दलको उम्मेदवार बनायो। इलाम नगरपालिकास्थित इलाम चोकबजारमा आयोजित उम्मेदवारी घोषणा सभामा लिम्बूले मज्जाले रास्वपाको घण्टी बजाएका थिए।

२०८४ सालको चुनावमा संसद नै कब्जा गर्नेगरि तयारी गरिरहेको रास्वपालाई इलाम २ को मत परिणामले मज्जाले धक्का दिएको छ।
लिम्बूले हालसम्म ३५ सय मत कटाएका छैनन्। इलाममा जसरी आक्रामक बनेर रास्वपा लाग्यो तर मतदाताले पत्याएको देखिएन।
७ वडा रहेको फाकफोकथुम गाउँपालिकामा रास्वपाले मात्र ६४५ मत प्राप्त गर्‍याे। मिलनले माङ्सेवुङमा २४३ मत मात्र प्राप्त गर्न सफल भए। यो उनको बसोबास र मतदान गर्ने गाउँपालिका हो। उनले आफ्नै वडामा ९६ मत मात्र पाए। माइ नगरपालिकाको तीन वटै वडामा उनले जम्मा २०१ मत प्राप्त गरे।

चुलाचुली गाउँपालिकामा पनि रास्वपाको सम्मानजनक मत आउन सकेन। रास्वपाका लिम्बूले ६२४ मत मात्र प्राप्त गरे। रास्वपाले देउमाइ नगरपालिका र इलाम नगरपालिकामा भने राम्रो मत ल्याउने आकलन गरेको थियो। तर देउमाइमा पनि मत ल्याउन रास्वपा चुकेको देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?