
अ
+
अ
अ
-
इलाम- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ जित नजिक पुगेका छन् ।
इलाम नगरपालिका वडा नम्बर ९, ११ र १२ गणना गर्न बाँकी रहँदा सुहाङले पाँच हजार ७०२ को मतान्तर कायम गरेका छन् । अब करिब साढे ६ हजार मत गन्न बाँकी छ ।
सुहाङले २५ हजार २६२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १९ हजार ५६० मत पाएका छन् ।
पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार ७७९ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले चार हजार ५८६ मत पाएका छन् ।
६९ हजार २८६ खसेको मतमा ६३ हजार ६३ मत गणना भइसकेको छ ।