मुगुमा यार्सा संकलनका लागि जेठ १५ गतेदेखि प्रवेश खुल्ला गरिने

मुगुमा यार्सा संकलनका लागि जेठ १५ गतेदेखि प्रवेश खुल्ला गरिने
+
-

मुगु – मुगुको पूर्वी भेगमा अवस्थित मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न वन तथा पाटन क्षेत्रहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि जेठ १५ देखि प्रवेश खुल्ला गरिने भएको छ।

जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा संकलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए। जिल्ला बाहिरकालाई प्रतिव्यक्ति २ हजार ५ सय र जिल्लाभित्रकालाई प्रति व्यक्ति २ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको पनि अध्यक्ष लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरेर लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्नेलाई कारबाही निर्णय पनि पालिकाले गरेको छ। चैत महिनादेखि पाटनमा यार्सा उम्रिन सुरु गर्ने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानिय फोन्जुक तामाङले बताए।

गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिदै जाने र यार्साको टुसा जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ। मुगुका पाटन क्षेत्रहरुमा उम्रिने यार्सा संकलन गर्न जिल्ला बाहिर र जिल्लाभित्रबाट सयौं जना बर्सेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन्।

छोटो समयमा यार्सा संकलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका स्थानीय पाटन उक्लिने गर्दछन्।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन्। गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्याधिक मात्रमा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयहरु बताउँछन्।

मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा ५ सयदेखि १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ। यार्सा संकलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा संकलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन्।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङदाङखोला, छापाखोलालगायत २ दर्जन पाटनमा बढी यार्सा पाइने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?