मुगुको स्वास्थ्य शिविरमा २ हजारभन्दा बढी बिरामीको निशुल्क उपचार

मुगुको स्वास्थ्य शिविरमा २ हजारभन्दा बढी बिरामीको निशुल्क उपचार
+
-

मुगु – काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को चिकित्सक टोलीले मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा पाएको केएमसीका महाप्रबन्धक नारायण प्रसाद दाहालले जानकारी गराए।

बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण र १८२ जनाको भिडियो एक्सरे गरिएको थियो। ८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो। ७५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ। साथै शिविरमा १ हजार ४८० जनाको सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो।

रेफर गरिएका विरामिहरुको काठमाडौ स्थित केएमसीमा निःशुल्क शल्यक्रिया गरिने केेृएमसीका लगानीकर्ता तथा सांसद्  शर्माले बताए। काठमाडौमा सल्यक्रिया निशुल्कका साथै उपचारको समय काठमाडौमा रहदासम्म आफ्नो अस्पतालको चमेना गृहमा विक्री मूल्य भन्दा ५० प्रतिशत न्यून मुल्यमा खाना खुवाउने र त्यो पनि तिर्न नसक्ने विरामीलाइ निशुल्क खाना खाजा खुवाउने पनि सांसद शर्माले बाचा गरेका छन्।

शिविरमा उपचार हुन नसकी थप उपचार र शन्यकृयाका लागि रिफर गरिएका विरामिलाइ मुगुबाट काठमाडौ र काठमाडौबाट मुगु आतेजाते खर्च छायानाथ रारा नगरपालिकाले व्यहोर्ने नगरप्रमुख विष्णुकुमार जानकारी दिए । उनले भने, ‘धनीमानी,हुनेखाने भएका भए त उहिल्यै उपचार गरिहाल्थे गरिवताले उपचार गर्न सक्नु भएन शिविरमा निशुल्क चेकअप र उपचार हुने थाहा पाएपछि आउनु भएको हो। थप उपचार र शल्यक्रिया गर्न सुविधा सम्पन्न अस्पताल जानू पर्ने भयो। आफैमा गरिब हुनुहुन्छ कसरी जाने त्यसैले घर आगनको सरकारले आतेजाते खर्च व्यहोर्छ जनता स्वस्थ भए नगर स्वस्थ हुन्छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?