सरकारसँगको विवादले ब्यान्डविथको पैसा नतिर्दा इन्टरनेट अवरुद्ध

सरकारसँगको विवादले ब्यान्डविथको पैसा नतिर्दा इन्टरनेट अवरुद्ध
+
-

काठमाडौँ– नेपालको इन्टरनेट कम्पनीका सेवामा अवरोध आएको छ।

भारतको एयरटेलले लामो समयदेखि भुक्तानी नपाएपछि इन्टरनेसनल ब्यान्डविथ प्रोभाइडर डाउन गरेको एक अधिकारीले जानकारी दिए।

‘उसले पेमेन्टको लागि चिठी पठाएको पठायै दियो। हामीले जतिबेला पनि लाइन काटिन सक्छ भनेका थियौँ, आज काटेछ,’ उनले भने।

सरकारले डलर सटही नगरेसम्म इन्टरनेट डाउन नै हुने उनको भनाइ छ।

‘अहिले धेरै जनाको अवरुद्ध छ, यकिन तथ्याङ्क छैन, हामी पत्ता लगाउँदै छ,’ ती अधिकारीले भने।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले मर्मतसम्भार शीर्षकअन्तर्गतको बक्यौता नतिरेको भन्दै विगत ९ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन।

तर इन्टरनेट सवा प्रदायकहरुले मर्मतसम्भार गैरदूरसञ्चार सेवा भएको दाबी गर्दै आएका छन्। यसबारे कुनै बेरुजु नरहेको उनीहरुको दाबी छ।

केही समय अगाडिदेखि इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान)ले सरकारले विदेशी मुद्रा सटही नगरेकाले ब्यान्डविथको रकम तिर्न नमिल्दा इन्टरनेट हुने चेतावनी दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?