
मुगु – मुगुको सोरू गाउँपालिका –६ सोरूकोटमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ। बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट लागेर भुइँमा खसेपछि सोरू गाउँपालिका–६ सोरूकोट निवासी २८ बर्षिय खम्मा शाहीको मृत्यु भएको मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
बिहीबार बिहान ८ः ४५ बजेतिर बत्ती बनाउने क्रममा बिजुलीको पोल उग्लेको बेला घामपावर मिनिग्रेट सोलार सिस्टमको बिजुलीको करेन्ट लागेको थियो।
करेन्ट लागेपछि भुईमा खसेका शाहीको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। शाहीको शव पोष्टमाटर्मका लागि जिल्ला अस्पताल ठिनीमा ल्याई पोष्टमार्टम गरिएको छ।