उत्कृष्ट बन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा

उत्कृष्ट बन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा
+
-

दाङ- दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा उत्कृष्ट बन्दै गएको छ । यसअघि इमरजेन्सी विभाग एच.ए.को भरमा चलेको थियो ।

प्रतिष्ठानको इमरजेन्सी विभागमा प्रोफेसरसहित २ जना कन्सल्टेण्ट चिकित्सक छन् । इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारीमा युवा चिकित्सक एमडिजिपि डा. उमाकान्त तिवारी छन भने प्रोफेसरमा डा. नारायणसिंह गुरुङ रहेका छन् ।

अहिले डा. तिवारीको नेतृत्वमा रहेको इमरजेन्सी विभागमा १० जना एमबिबीएस, २८ जना प्यारामेडिक्स तथा नर्शहरूले सेवा दिइरहेका छन् । पछिल्लो डेढ वर्ष यता इमरजेन्सी सेवा विशेषज्ञमुखी बन्दै पनि गएको छ । २४ सैं घण्टा अनकल रहेको डा. तिवारीले बताए ।

३४ शैयाको सुविधा सम्पन्न रहेको इमरजेन्सी विभागमा मनिटरसहितको सेवा ब्यवस्था गरीएको छ । प्रतिष्ठानका अनुसार इमरजेन्सी विभागमा अत्याधुनिक १७ वटा मनिटर पनि राखिएको छ । विभागमा अरू कन्सल्टेण्ट डाक्टरहरूलाई लिने प्रकृयामा रहेको डा. तिवारीले जानकारी दिए ।

त्यतिमात्रै नभएर सर्पदंशको उपचारको पनि भरपर्दो अस्पतालकोरूपमा प्रतिष्ठान बनेको छ। सर्पदंशको उपचारका लागि पनि बिरामीहरू पछिल्लो समय प्रतिष्ठानमा आइरहेका छन् । भने अर्कोतर्फ, प्राकृत्तिक विपत्तीका साथै सडक दुर्घटनामा परेर घाइते हुनेहरूको पनि राम्रो उपचारको प्रवन्ध गरीएको छ ।

विपत्तीको वेला प्रतिष्ठानमा कसरी भरपर्दो उपचार दिन सकिन्छ भनेर प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलको नेतृत्वमा इमरजेन्सी विभागका प्रमुख तिवारीसम्मीलित चिकित्सकको आपतकालिन समिति नै बनाइएको छ । तिवारीकै नेतृत्वमा एमडिजिपीको पाठ्यक्रम बनाएर एमडिको पढाई पनि सुरुवात गरिएको छ । एमडिजिपीमा एमड्कोी पढाईका लागि दुई जना विद्यार्थी भर्ना भइसकेका छन् ।

एमडिजिपी डा. तिवारी कन्सल्टेण्टरुपमा आफै इमरजेन्सी विभागमा बस्न थालेपछि सेवा सुधार हुन थालेको हो । अस्पतालको प्रमुख सेवाको रूपमा रहेको इमरजेन्सी विभाग सुधार्नका निमित्त उनी आफै खटिएपछि सेवा सुधारको अवस्थामा गएको छ । सबैले मुख्यरूपमा आँखा लगाउने सेवाभित्र इमरजेन्सी भएकाले यहाँको सेवालाई थप चुस्त, दुरुस्त बनाउन लागिपरेको डा. तिवारी बताए । ‘हामीले अस्पतालको मुख्य सेवा, जो सबैको आँखामा देखिरहन्छ इमरजेन्सी सेवा सुधार्नका निमित्त लागी परेका छौ, सिमीत स्रोत साधनको वावजुद सकेसम्म र सम्भव भएसम्म सेवा विस्तारमा ध्यान दिएका छौं,’ डा. तिवारीले थपे,’इमरजेन्सीको सेवा वदल्ने आट गरेका छौं, चिकित्सकको सख्या बढाउँदै लगेर सेवालाई अझ ब्यवस्थित बनाउने योजना पनि अघि सारेका छौं, सबैको सहयोग भएमा यसमा सफल हुनेछौं ।’

यसैबिच बितेको ९ महीनामा प्रतिष्ठानको इमरजेन्सी विभागबाट १५ हजार बढि बिरामीले उपचार सेवा पाएका छन् । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको साउनदेखि चैतसम्म १५ हजार १९ जना बिरामीहरूले इमरजेन्सी विभागबाट उपचार प्राप्त गरेको जानकारी दिए । जसमा पुरुष ७ हजार ४ सय ४१ जना र महिला ७ हजार ५ सय ७८ जना बिरामीले उपचार पाएका छन् ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइका अनुसार गएको साउनमा पुरुष ८ सय ९२ जना, महीला ९ सय ७२ जना गरेर १ हजार ८ सय ६४ जना, भदौमा पुरुष ८ सय ७२ जना, महीला १ हजार ४० जना गरेर १ हजार ९ सय १२ जना बिरामीले सेवा पाएका छन् ।

यसै गरेर असोजमा पुरुष ८ सय ३७ जना, महिला ९ सय ७२ जना गैर १ हजार ८ सय ९ जना, कार्तिकमा पुरुष ९ सय ८ जना, महिला ८ सय ४३ जना गरेर १ हजार ७ सय ५१ जना, मंसिरमा पुरुष ७ सय ६२ जना महिला ७ सय ६ जना गरेर १ हजार ४ सय ६८ जना बिरामीले इमरजेन्सी विभागबाट उपचार पाएका छन् ।

त्यस्तै पुषमा पुरुष ७ सय ४६ जना, मह‍िला ६ सय ८२ जना गरेर १ हजार ४ सय २८ जना, माघमा पुरुष ७ सय ६७ जना, महिला ६ सय ९९ जना गरेर १ हजार ४ सय ६६ जना, फागुनमा पुरुष ८ सय १९ जना, महिला ८ सय ७४ जना गरेर १ हजार ६ सय ९३ जना र चैतमा पुरुष ८ सय ३८ जना, महीला ७ सय ९० जना गरेर १ हजार ६ सय २८ जना बिरामीले उपचार पाएको सुचना अधिकारी भट्टराइले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?