
अ
+
अ
अ
-
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बोलेकै भरमा फसाइएको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले आफूलाई नियोजित रुपमा फसाइएको बताएका छन्।
उनले सामाजिक अभियान्ताहरुले वास्तवीक पिडितहरुको बारेमा नबोल्ने तर नियोजित उदेश्यका लागि भने जुनसुकै हदमा पुग्ने गरेको बताए। उनले यो घटना घटेको नभइ घटाइएको दाबी गरे। उनले घटनाको बास्तबिक अनुहार आफै निस्कने दाबि गर्दै आफू विश्वस्त रहेको बताए।
लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका थिए। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेका हुन्।