घरेलु मैदानमा फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्दै रियल

घरेलु मैदानमा फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्दै रियल
+
-

काठमाडाैँ – युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशको निर्णायक खेलमा बुधबार राति जर्मन जायन्ट बार्यन म्युनिख र स्पेनिस च्याम्पियन रियल म्याड्रिड प्रतिस्पर्धा गर्दै छन्।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेलमा दुबै टोली जितसहित उपाधिका लागि बौउरुसिया डर्टमुण्डसँगको भेट पक्का गर्ने लक्ष्यमा मैदानमा उत्रिनेछन्।

यसअघि भएको पहिलो लेगमा रियल म्याड्रिड र बायर्न म्युनिखबिच एलियान्ज एरेनामा २–२ गोलको बराबरी भएसँगै दोस्रो लेग निर्णायक रहनेछ। दोस्रो लेगमा अग्रता बनाउने टोलीनै फाइनल पुग्ने भएकाले दुबै टोलीका लागि यो फाइनल सरहको स्पर्धाका रुपमा रहनेछ।

वार्यनको मैदानमा बराबरी पछि रियल घरेलु मैदानको फाइदा दोस्रो लेगमा उठाउने लक्ष्यमा रहेको छ। म्युनिखमा भिनिसियस जुनियरको दुई गोलमा बरारबी गरेको रियल विरुद्ध बायर्नका लागि भने लिरोय साने र ह्यारी केनले गोल गरेका थिए।

च्याम्पियन्स लिगको जारी सिजनमा रियल म्याड्रिड घरेलु मैदानमा भएका पाँच खेलमा तीनमा जित र दुई खेल बराबरी खेलेको छ। यसको अर्थ रियलले हार भोगेको छैन्। त्यसो त घरेलु लिगमा २९ खेलसम्म अपराजित रहेर उसले आफ्नो दबदबा सहित लालिगामा उपाधि जितिसकेकाले उसले म्युनिखमाथि दबाब बढाउने आकलन गरिएको छ।

वेम्बली पुग्ने लक्ष्यमा रहेका दुबै टिमका लागि यो सेमिफाइनल सर्वाधिक चासोका रुपमा रहेको छ। म्युनिखका प्रशिक्षक थोमस टुचेल आफ्नो ध्यान फाइनल पुग्नका लागि केन्द्रीत रहेको बताए। वार्यनले २००१ र २०१२ मा रियललाई उसको मैदानमा हराएको थियो। अर्को विशेष रातको पर्खाइमा रहेको टुचेलले बताएका छन्।

त्यसोत रियल पनि आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै सर्वाधिक १५ औं पटक उपाधि जित्ने अभियानलाई सार्थक बनाउने अर्को एउटा लक्ष्य पूरा गर्न मैदान उत्रिनेछ। रियल र म्युनिखबिचको दोस्रो लेग दुबै फुटबल समर्थकका लागि सर्वाधिक प्रतिक्षित रहेको छ। खेल नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?