शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिका सक्रिय

शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिका सक्रिय
+
-
पर्वत – पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ। विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका छन्। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ।
सामुदायिक विद्यालय खाली हुने अवस्था आएपछि जिल्लाका  विभिन्न पालिकाले सक्रियता बढाउन थालेका छन्। सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी निजी विद्यालय सरह बनाउने उद्देश्यले विहादी गाउँपालिका, पैँयु गाउँपालिका र जलजला गाउँपालिकाले अभियान नै सञ्चालन गरेका छन्।
विहादी गाउँपालिकाले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीसँग शैक्षिक अन्तक्र्रिया गरेको छ। यही वैशाख १६ गतेदेखि सुरु भएको सो अभियान वडा नं ६ शालिग्राम माविमा समापन हुँदै छ। अन्तक्र्रियाका क्रममा थुुप्रै सुझाव सङ्कलन गरिएको र सोही सुझाव सल्लाहका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले बताए। सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुआत गर्नुपर्ने सुझाव बढी आएका छन्। यसका लागि शिक्षकलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धि गराएर गुणस्तर सुधारमा लगाइने उनले बताए।
सबै वडामा अन्तक्र्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सबै विद्यालयका प्रअबीच छलफल गरिने भएको छ। जेठको पहिलो सातादेखि नै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उहाँको भनाइ छ। शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताए। आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने अध्यक्ष गुरुङले बताए।
यस्तै पैँयु गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको छ  स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको हो। गाउँपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको मङ्गलबार पैँयु गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले उद्घाटन गरे। विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न पहल गरिने उनको भनाइ छ।
विद्यालयको गुणस्तर सुधारका लागि पर्याप्तमात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी कार्यक्रम ल्याइनेछ। विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले जानकारी दिए।
“हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीको धारणा बुझ्छौँ, विद्यार्थीका समस्या सुन्छौँ, वास्तविक समस्या पहिचान गर्छौं”, उनले भने, “आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गर्छौं।”
यसैगरी जलजला गाउँपालिकाले शिक्षकबाटै गुणस्तर सुधार्न प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ। गाउँपालिकाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा पाँच वर्षे विकास र गुणस्तर सुधारको प्रस्ताव माग गरेर प्रधानाध्यापक नियुक्त गर्न लागेको हो। विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएको भन्दै गाउँपालिकाले यो योजना अगाडि बढाएको हो।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजना कार्यान्वयन गरिरहेको छ। सोहीअन्तर्गत रहेर नयाँ प्रयोगका रूपमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्न लागिएको हो।
गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकहरूले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउनसक्ने परिवर्तन, कार्यान्वयन गर्नसक्ने कार्यक्रमलगायतका स्पष्ट खाकासहितको प्रस्ताव तयार गर्नुपर्नेछ। जिल्लाका सातवटै पालिकामा गत शैक्षिकसत्रको अन्तिम परीक्षाको नतिजा निराशाजनक आएपछि गुणस्तर सुधार्न सक्रियता देखाएका हुन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?