पोखरा स्पोर्टस अवार्डः अर्जुन र सुस्मिता बर्षोत्कृष्ट खेलाडी

पोखरा स्पोर्टस अवार्डः अर्जुन र सुस्मिता बर्षोत्कृष्ट खेलाडी
+
-

पोखरा – आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा अर्जुन कुमाल र सुस्मिता थापा मगरले वर्षोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन्।

शुक्रबार पोखरा सभागृहमा भएको कार्यक्रममा पुरुषतर्फ क्रिकेटका कुमाल र महिलातर्फ आइटिएफ टेक्वान्दोकी मगरले अवार्ड जितेका हुन्। वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फको मनोनयनमा क्रिकेटका कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी अटाएका थिए।

वर्षोत्कृष्ट महिलातर्फ मगरसँगै मनोनयनमा भलिबलकी अरुणा शाही र आर्चरीकी अनुष्का शेरचन परेका थिए। वर्षोत्कृष्ट खेलाडी महिला तथा पुरुषले टेलजीको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेका छन्।

उदयमाान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलसा रानाको पोल्टामा पर्‍यो। उत्कृष्ट तीन मनोनयनमा रानासँगै क्रिकेटकी ज्योत्सीका मरासिनी र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए।

वर्षोत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले हात पारे। उत्कृष्ट प्रशिक्षकको मनोनयनमा भलिबलका केसीसँगै टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजु समावेश थिए।

यस्तै, उत्कृष्ट खेल संघको अवार्ड सहारा क्लब पोखराले प्राप्त ग¥यो। उत्कृष्ट खेल पत्रकारको अवार्ड नयाँपत्रिकाकर्मी रोहितराज पराजुलीलाई प्रदान गरिएको छ।

उदयमान खेलाडी, वर्षोत्कृष्ट प्रशिक्षक, खेल संघ र खेल पत्रकारले अवार्डसँगै ३५ हजार रुपैयाँ हात पारेका छन्।
लाइफ टाइम अचिभमेण्ट अवार्ड एथलेटिक्सकी प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिएको छ। उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?