
अ
+
अ
अ
-
झापा- पाथीभरा केबलकार परियोजनाविरुद्ध बुधबार र बिहीबार मेची राजमार्ग, तमोर करिडोर तथा ताप्लेजुङमा यातायात बन्द आह्वान गरिएको छ। पाथीभरा केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको समूहले यातायात बन्द आह्वान गरेको हो।
बन्दका कारण मेची राजमार्गलगायत बन्द आह्वान गरिएको क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेपछि उक्त परियोजनाविरुद्ध स्थानीयबासीले समूह नै बनाएका छन्।
बन्दका कारण ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि प्रभावित भएको छ।