गिरीबन्धुका मजदुरहरूले गत फागुनदेखि पाएनन् तलब, आन्दोलन सुरू

गिरीबन्धुका मजदुरहरूले गत फागुनदेखि पाएनन् तलब, आन्दोलन सुरू
+
-

झापा- गत फागुन महिनादेखि तलब नपाएपछि गिरीबन्धु टी स्टेटका मजदुरहरू आन्दोलनमा उत्रिएका छन्।

शनिबार र्‍यालीसहित तलब भुक्तानीको माग गर्दै चिया मजदुरहरूले पहिलो चरणको आन्दोलन सुरू गरेका हुन्।

मजदुर क्वाटरबाट सुरू भएको र्‍याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो। श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्‍याली सम्पन्न गरिएको थियो।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाई कमिटीले आयोजना गरेको आन्दोलनको कार्यक्रममा मजदुर नेताहरूले श्रमिकको ज्याला तुरुन्त भुक्तानी दिन माग गरेका छन्।

मजदुर नेता सइकुमार राईले मजदुरहरू रहरले नभइ बाध्यताले सडकमा आउनुपरेको बताएका छन्। उनले भोको पेटमा श्रमिकहरू बाँच्न बाध्य भएको बताए।

उनका अनुसार ‘पारिश्रमिक उपलब्ध गराई पाऊँ’ भन्दै जिल्ला प्रशासन, श्रम कार्यालय, बिर्तामोड र अर्जुनधारा नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो।

ज्ञापनपत्र बुझाउन पनि व्यवस्थापक तथा सञ्चालकहरूले मजदुरको भुक्तानी नगरेको उनको भनाइ छ।

अढाइ महिनादेखि भोकै बस्न बाध्य मजदुरहरू कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन्। मजदुर नेता राईले श्रम कानुन मिच्ने दलाल व्यवसायीहरूलाई राज्यले जरिवाना गर्दै जेल हाल्नुपर्ने माग गरेका छन्।

गिरीबन्धु टी-स्टेट मास्न सक्रिय दलालहरूका कारण मजदुरहरू समस्या परेको उनको भनाइ थियो। ‘त्यस्तो समूहकै कारण बगान क्षेत्रको विकास रोकिएको छ, ‘ उनले भने, ‘विगतमा ५ सय मजदुर काम गर्ने बगानमा अहिले १७० मात्रै मजदुर कार्यरत छन्।’

राज्यको जमिन हडप्ने, महंगो मूल्यमा जमिन बेच्नेहरूलाई मजदुरले साथ नदिने राईको धारणा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?