
अ
+
अ
अ
-
झापा- पूर्वमै पहिलो पटक आयोजना गरिएको ‘बासँग बालबालिका’ कार्यक्रमका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदैछन्।
झापा जिल्ला बाल सञ्चालले आज बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको हो।
कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका कार्यक्रमको आयोजना गरिएको छ।
जिल्लाभरका पालिकाहरुबाट ३०-३० जना बालिका र कनकाईबाट समेत गरी जम्मा ६ सय बालबालिकाहरु सहभागी हुने बताइएको छ।
केपी ‘बा’सँग झापाका बालबालिकाहरूले बालबालिका सम्बन्धी दूरदृष्टि वा भिजन सुन्नेछन्।
झापाका बालबालिकाहरुले आफ्नो आवाज, अपेक्षा र आवश्यकताबारे ओलीलाई जानकारी दिने कार्यक्रम छ।