बाल विकासका भरमा सञ्चालन हुँदै नाम्खाको अरनिको प्रावि

बाल विकासका भरमा सञ्चालन हुँदै नाम्खाको अरनिको प्रावि
+
-

सिमकोट – नाम्खा गाउँपालिका– ५ को यारी गाउँको अरनिको प्राथमिक विद्यालयमा बालविकासका विद्यार्थीको भरमा सञ्चालन हुँदै आएको पाइएको छ।

प्रावि तहसम्म पठनपाठन हुनृ सो विद्यालयमा बालविकास विद्यार्थी मात्र पढ्न आउने गरेका छन्। उक्त विद्यालयमा दुई जना विद्यार्थी र तीन जना शिक्षक कार्यरत रहेको पाइएको छ। प्रधानाध्यापक हरिनारायण चौधरी ‘ग’ ले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुई जना विद्यार्थीले अध्ययन गर्दै आएको जानकारी दिँदै आफूसहित तीन जना शिक्षकले विद्यालयमा पठनपाठन गर्ने गरेको बताए। तीन जना शिक्षकमा दुई जना प्रावि तहका दरबन्दीका शिक्षक छन् भने एक जना बालविकासको सहजकर्ता भएका छन्।

कक्षा पाँचसम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा एकदेखि पाँचमा अध्ययन गर्ने विद्यार्थी भने छैनन्। उनले बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने भएको कारण विद्यालयमा विद्यार्थी नभएको बताए।

 

गत वर्षसम्म सात जना विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्दै आएका थिए। बालविकासका दुई जना विद्यार्थी पनि मन लागेका बेला विद्यालयमा आउने गरेको भन्दै उनले आफू ती विद्यार्थीलाई कुरेर विद्यालयमा बस्ने गरेको बताए।

यसरी विद्यालय खाली हुने गरी विद्यार्थीलाई अन्यत्र नपठाउन अभिभावकलाई पटक पटक आग्रह गर्दा पनि नमानेको चौधरीले बताए। नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले सानैमा विद्यार्थी विद्यालय छोड्ने समस्या गाउँपालिकाभरि भएको र बढी अरनिको प्राविमा देखिएको बताए।

उक्त विद्यालयलाई समयोजना गर्न पनि कठिन भएको कारण जति विद्यार्थीहरू भएपनि तत्काल समाजोजना गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए। अभिभावकमा विद्यार्थीहरूलाई विद्यालयमा भन्दा पनि गुम्वामा पढाउन उपयुक्त ठान्ने भएको कारण पनि समस्या आएको होे। उक्त विद्यालयमा भौतिक संरचना भने राम्रो रहेको छ।

अझ गतवर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुईकोठे भवन निर्माण गरिएको थियो। यसअघि पनि विद्यालयसंग भएका तीन वटा भवनको अवस्था पनि राम्रै रहेको छ। क्षेत्रफलमा नेपाल कै ठुलो नाम्खा गाउँपालिकामा विद्यार्थी नभए पनि विद्यालय बन्द गर्नुपरिरहेको छ। यसअघि लिमीका दुई वटा विद्यालय बन्द भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?